कर नबुझाउनेमाथि कारबाही शुरू « Khabarhub

कर नबुझाउनेमाथि कारबाही शुरू


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- लामो समयदेखि कर नबुझाउने करदातामाथि आन्तरिक राजस्व कार्यालयले कारबाही अघि बढाएको छ ।

दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका करदाताको सूची तयार पारेर कारबाही अघि बढाइएको कार्यालयका प्रमुख गजेन्द्रप्रसाद यादवले जानकारी दिए ।

‘कर नबुझाउने करदाताको सूची तयार पारेर पहिलो चरणमा टेलिफोनमार्फत कर बुझाउन आग्रह गर्न थालेका छौँ’, उनले भने, ‘दोस्रो चरणमा पत्राचार गरिने र अन्तिममा सूचना प्रकाशन गरी बैंक खाता रोक्का गर्नेलगायत कारबाही गर्छौँ ।’

अघिल्लो आर्थिक वर्ष ०७७/०७८ मा कर नबुझाउने ५० करदातामाथि कारबाही गरिएकामा यस वर्ष पनि कारबाही अघि बढाएको प्रमुख यादवको भनाइ थियो ।

उक्त कार्यालयले चालु आव ०७८/०७९ को चार महिनामा रु एक अर्ब ७३ लाख २८ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यभन्दा २०८ प्रतिशत बढी हो । सो कार्यालयको यस अबधिमा रु ८३ करोड १८ लाख ४० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो ।

चालु आव ०७८/०७९ मा रु तीन अर्ब ८९ करोड ७२ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा र चार महिनामै लक्ष्यको ५५ प्रतिशत राजस्व सङ्कलन भइसकेको प्रमुख यादवले बताए ।

आयकरतर्फ ३१ हजार ९००, व्यक्तिगततर्फ ५७ हजार ३३७६ र अन्तशुल्कतर्फ एक हजार ३४८ गरी ९८ हजार ९४ करदाता रहेको कार्यालयले जनाएको छ ।

यसैबीच कार्यालयले चार जिल्लाका चार उत्कृष्ट करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर सप्ताहअन्तर्गत धनुषाका क्षीरेश्वर डिष्ट्रीलरी, महोत्तरीको अल्का वाइर प्रालि, सिन्धुलीको सिद्धबाबा कन्ट्रक्सन र सर्लाहीको नेपाल भेनियर उद्योगलाई सम्मान गरिएको हो ।

आन्तरिक राजस्व विभागले निर्धारण गरेको मापदण्डअनुसार राजस्वमा योगदान पुर्‍याउने, समयमा सही बितरण बुझाउने, बक्यौता बेरुजु नराख्ने र कुनै प्रकारको दण्ड जरिवाना नतिरेकामध्येबाट उत्कृष्ट करदाता छनोट गर्ने गरिन्छ ।

यस्तै उत्कृष्ट कार्य गरेबापत करदाता सेवा कार्यालय मङ्लगवाका कार्यरत जयकिशोर साह, करदाता सेवा कार्यालय बर्दिबासका कार्यरत विजय साह र आन्तरिक राजस्व कार्यालयका त राकेशकुमार मिश्रलाई पुरस्कृत गरेको जनाइएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ११ : १२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना