अभिषेक भन्छन्– ‘रिफ्युजी’बाट ‘डेब्यू’ गर्नु गल्ती भयाे « Khabarhub

अभिषेक भन्छन्– ‘रिफ्युजी’बाट ‘डेब्यू’ गर्नु गल्ती भयाे


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउड अभिनेता अभिषेक बच्चनले आफ्नो अभिनयको बलमा फिल्म जगतमा फरक पहिचान बनाएका छन् । हालैमात्र उनी फिल्म ‘बिग बुल’मा देखिएका थिए । यो फिल्म दर्शकले मनपराए र उनको अभिनयको तारिफ गरे । अभिषेकले सन् २००० मा रिलिज फिल्म ‘रिफ्युजी’बाट बलिउडमा पाइला चालेका थिए । फिल्ममा उनको अपोजिटमा करीना कपूर थिइन् ।

अभिषेकले एक शोमा कुराकानी गर्दै ‘रिफ्युजी’बाट फिल्ममा डेब्यू गर्दा आफूले ‘गल्ती’ गरेको खुलासा गरेका छन् । ‘आम रुपमा मलाई कुनै पछुतो छैन । तर मैले आफूलाई तयार नभएको अवस्थामा ‘रिफ्युजी’बाट डेब्यू गर्नु गल्ती भयाे । त्यसमा मलाई पछुतो छ । त्यो समयमा म दिग्गज जेपी दत्तासँग काम गर्नका लागि तयारी अवस्थामा थिइनँ’, उनले भनेका छन् ।

उनले पहिलो फिल्ममा कोही सम्मानित निर्देशकसँग काम गर्नु आफ्ना लागि हरेक चुनौती र सम्मानका लागि तयार हुन आवश्यक रहेको जनाएका छन् । उनले पहिलो फिल्ममा अधिक तयारी गर्न सकेको भए अझ राम्रो काम गर्न सक्नेमा आफू विश्वस्त रहेको दाबी गरेका छन् ।

‘मलाई लाग्छ कि मेरो सुरुवाती तयारी निकै अस्थीर थियो । तर यो फिल्मले मलाई तयार हुनका लागि धेरै सहयोग गरेको थियो । हरेक कलाकारका लागि पुरस्कारको महत्व धेरै हुन्छ । तर पुरस्कार नपाउनेका लागि यसको महत्व ठुलो हुँदैन’, अभिषेकले भनेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ११ : १९ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा