मकै खानुका फाइदै फाइदा « Khabarhub

मकै खानुका फाइदै फाइदा


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली समाजमा चामल, गहुँ जस्तै मकैको खाद्यान्न निकै रुचाइन्छ । धार्मिक कार्यमा समेत मकैको खाना खाने चलन रहेको छ । मकैमा शरीरका लागि आवश्यक सबै प्रकारको पोषण पाइन्छ । यो यस्तो पौष्टिक आहार हो जो जुनसुकै बेला खान सकिन्छ । स्वास्थ्यको दृष्टिकोणले पनि मकै निकै लाभदायी मानिन्छ ।

क) मकैमा भिटामिन सी, बायोफ्लेविनाइड्स, क्यारोटेनाइड र फाइबर पाइन्छ ।

ख) मकै स्वस्थ आहार भएकाले बिहान, दिउँसो, बेलुका जति बेला पनि खान सकिन्छ ।

ग) मकैका परिकार खादा शरीरमा जमेको अतिरिक्त बोसो (कोलेस्ट्रोल) कम हुने गर्दछ ।

घ) मकैका परिकार खादा तौल घटाउनुका साथै अन्य रोगबाट समेत बच्न सकिन्छ ।

ङ) यसले कोलेस्ट्रोललाई कम गरेर धमनीहरू ब्लक हुनबाट रोक्छ ।

च)  यसमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रित गर्न सहायक गर्दछ ।

छ) मकैमा पाइने एन्टी अक्सिडेन्ट र फ्लेवेनाइड तत्वले क्यान्सरको खतरा कम हुन्छ ।

ज) यसले फ्रि रेडिकल्सबाट हुने नोक्सानीबाट बचाउँछ ।

झ) मकैमा पाइने फेरुलिक एसिडले स्तन र कलेजोको ट्युमरको आकार कम गर्दछ ।

ञ) मकैमा पाइने जिंक, फोस्फरस, म्याग्नेसियम र आइरनले हड्डी बलियो बनाउँछ ।

ट) यसले बाथ रोगको सम्भावना पनि कम गर्दछ ।

ठ) छालालाई चम्किलो बनाउनका मकैको सेवन लाभदायी हुन्छ ।

ड) यसको सेवनले छाला सुन्दर, मुलायम र चम्किलो हुन्छ ।

ढ) मकैमा ऐँठी–अक्सिडेन्ट हुने भएकाले अनुहारमा चाउरी पर्न दिँदैन ।

ण) मकैमा बिटा–क्यारोटिन, भिटामिन ए हुन्छ जुन आँखाको लागि निकै फाइदाजनक छ ।

त) यसले आँखाको समस्यालाई कम गरेर, ज्योती बढाउँछ ।

थ) यसले बढ्दो उमेरसँगै हुने रतन्धो लगायतका सम्भावना कम गर्दछ ।

द) अल्छी लाग्ने, शरीरमा ऊर्जा नहुने अनुभवमा मकैको सेवन लाभदायी हुन्छ ।

ध) मकैमा हुने कार्बोहाइड्रेटले शरीर लाही ऊर्जावान् राख्छ ।

न) मकै खाँदा पेट चाँडै नै भरिन्छ र छिटो भोक लाग्ने समस्या पनि हटेर जान्छ ।

प) मकैमा पाइने फाइबर्सले कब्जियतबाट राहत दिलाउँछ ।

फ) यसले मलाशय वा कोलनमा जमेको खाद्य पदार्थलाई निकाल्न पनि सहयोग गर्दछ ।

ब) मकैमा आइरनको मात्रा भरपुर हुन्छ जसले शरीरमा आइरनको कमीलाई टाढा राख्छ ।

भ) मकैमा भिटामिन बी र फोलिक एसिड हुन्छ त्यसैले गर्भवती महिलाका लागि मकै निकै फाइदाजनक हुन्छ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ११ : ०८ बजे

काठमाडौंमा त्रिदेशीय ‘आर्ट फर पिस’ कला प्रदर्शनी

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, समसामयिक चित्रकला विभाग र बङ्गलादेश आर्टिस्ट ग्रुपको

उम्मेदवारबारे एमाले ओखलढुंगामा किचलो, जिल्ला कार्यालयमा तालाबन्दी, अध्यक्षले हात उठाए

ओखलढुंगा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ओखलढुंगामा प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार चयनले

सर्वोच्चद्वारा बागमती किनारको २० मिटर थप क्षेत्र छाड्नुपर्नेसम्बन्धी आफ्नै फैसला उल्ट्यायो

काठमाडौं- सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका बागमती नदी र यसका सहायक

नेपालमा ऊर्जा क्षेत्रको विकास गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको

महँगो म्युजिक भिडियो खेल्यो कि दुलही !

काठमाडौं – कलाकार राजाराम पौडेलले एक समय अन्तर्वार्तामा भनेका थिए–