ओली बन्दसत्र स्थलमा, तर अझै सुरु भएन बैठक | Khabarhub Khabarhub

ओली बन्दसत्र स्थलमा, तर अझै सुरु भएन बैठक


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सौराहा- एमालेको जारी महाधिवेशनअन्तर्गत बन्दसत्र शनिबार बिहान १० बजे सुरु हुने कार्यतालिका थियो । तर दिउँसो १ बज्दासमेत बन्दसत्र सुरु हुन सकेको छैन ।

केन्द्रीय कमिटी बैठकले पदाधिकारी थप गरे पनि आकांक्षीहरूबीच सहमति नजुट्दा बन्दसत्रमा ढिलाइ भएको हो ।

एमाले अध्यक्ष केपी ओली केही बेरा अगाडि मात्र बन्दसत्रस्थलमा प्रवेश गरेका छन् । उनी बिहानदेखि आफू बसेको रिसोर्टमा निकट नेताहरूसँग छलफलमा जुटेका थिए ।

एमालेमा वरिष्ठ उपाध्यक्ष र महासचिवमा बढी सकस देखिएको छ । वरिष्ठ उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ र ईश्वर पोखरेलले दाबी छाडेका छैनन् । महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलको दाबी छ । आफ्नै समूहका आकांक्षीले अडान नछाड्दा ओलीलाई सकस भएको हो ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  १ : ०३ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर