माओवादीलाई ओलीले घेराबन्दी गर्दैछन्, एकजुट भएर परास्त गरौँ : प्रचण्ड (भिडियो) | Khabarhub Khabarhub

माओवादीलाई ओलीले घेराबन्दी गर्दैछन्, एकजुट भएर परास्त गरौँ : प्रचण्ड (भिडियो)

एमालेको महाधिवेशनलाई 'कुम्भमेला' को संज्ञा 


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माओवादी केन्द्रको सात सय ५३ पालिका सम्मेलन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । दाहालले सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै माओवादी केन्द्रलाई क्रान्तिकारी स्पिरिटमा पुनः उठाउने बताए ।

उनले नेकपा विघटन हुनुको मुख्य कारण तत्कालीन अध्यक्ष केपी ओली रहेको आरोप लगाए । उनले ओलीलाई अध्यक्ष र संसदीय दलको नेताबाट किन हटाउनु पर्‍यो भन्ने सम्बन्धमा कार्यकर्तालाई स्पष्ट पारेका थिए । मार्क्र्सवाद र कम्युनिस्ट विचारमा जताततै पराजित भएपछि ओलीले नेकपा विघटन गर्न लगाएको बताए ।

प्रतिनिधिसभालाई दुई दुईपटक विघटन गरेर संविधान नै खारेज गर्ने षड्यन्त्रमा ओली फसेको प्रचण्डले दाबी गरे । उनले ओली देशी विदेशी षड्यन्त्रमा फसेको र प्रतिगमनमा लागेको बताए ।

प्रतिनिधिसभा विघटन माओवादी आन्दोलनमाथिको हमला भएको पनि प्रचण्डले दाबी गरे । माओवादी आन्दोलनलाई घेराबन्दीमा पार्न ओली प्रवृत्ति अघि बढेकोमा त्यसलाई पराजित गर् तत्काल आफूहरू विजयी भए पनि त्यो प्रवृत्ति दोहोरिन नदिन एकजुट हुन पर्ने बताए ।

पहिलोचोटिको प्रतिनिधिसभा विघटनविरुद्ध सडकबाट प्रतिवाद गरेको र दोस्रोपटकको प्रतिनिधिसभा विघटनविरुद्ध गठबन्धन बनाएर संसदबाटै प्रतिवाद गरी सर्वोच्च अदालतमा जानु परेको उनले बताए ।

एमालेको महाधिवेशनलाई ‘कुम्भमेला’ को संज्ञा 

दाहालले एमालेको १०औँ महाधिवेशनलाई कुम्भमेलाको संज्ञा दिएका छन् ।

पार्टीको सात सय ५३ पालिका सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै उनले एमालेको महाधिवेशनमा विचारलाई निषेध गरिएको बताए ।

‘तपाईहरूले देख्नु नै भएको छ कुम्भमेलामा विचारलाई कुनै महत्व नै छैन । यसरी पनि महाधिवेशन हुने रहेछ । हाम्रो राष्ट्रिय सम्मेलन अरु पार्टीको महाधिवेशनसँग तुलना नै हुन सक्दैन,’ दाहालले भने ।

माओवादी केन्द्रको पालिका सम्मेलनको तयारी र पार्टीको पुर्वनिर्धारित कार्यक्रममा जानुपर्ने भएकाले प्रचण्ड एमालेको चितवनमा सुरु भएको महाधिवेशनमा शुभकामना गर्न गएका थिएनन् । माओवादी केन्द्रबाट नेता लीलामणि पोखरेलले एमालेको महाधिवेशनलाई सम्बोधन गर्दै शुभकामना दिएका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  १ : २८ बजे

यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गाजामा तुरुन्त युद्ध रोक्न ट्रम्पको आग्रह, राष्ट्रसंघमा अरू के भने ?

न्यूयोर्क– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघ महासभामा

मुग्लिन-नारायणघाट सडक : पहिरो हटाउन बुधबार दिनभर लाग्ने, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

काठमाडौं – मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउन बुधबार दिनभर लाग्ने

ला लिगा : रियल म्याड्रिडको सानदार जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं – स्पेनिस ला लिगामा रियल म्याड्रिडले सानदार जित निकालेको

एसिया कपको सुपर फोर : श्रीलंकाविरुद्ध पाकिस्तान विजयी

काठमाडौं – एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तानले श्रीलंकाविरुद्ध पाँच