कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्नुहुँदैनः अध्यक्ष यादव « Khabarhub

कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्नुहुँदैनः अध्यक्ष यादव


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्न नहुने बताएका छन् ।

शनिबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले कार्यपालिकाले न्यायपालिकामाथि हस्तक्षेप गरे त्यो स्वतन्त्र न्यायपालिका रहन नसक्ने बताएका हुन् ।

अध्यक्ष यादवले सरकारले न्यायपालिकाको विवाद मिलाउने विषयमा चासो राखेको भए पनि त्यसलाई हस्तक्षेप गरेको भन्न नमिल्ने बताए  ।

‘कार्यपालिकाले हस्तक्षेप गर्‍यो भने अन्तर्राष्ट्रिय जगतमा पनि लोकतन्त्रका लागि राम्रो मानिँदैन’, उनले भने, ‘कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्नुहुँदैन । सुझाव सल्लाह दिएर यो समस्या हल होस् भन्ने कुरा अलग विषय हुन् ।’

अध्यक्ष यादवले प्रधानन्यायाधीशका विषयमा दलले भन्नुभन्दा पनि न्यायाधीश र अधिवक्ता बसेर यसको समाधान खोज्नुपर्छ भन्दै न्यायलयको आफ्नै पद्धति हुन्छ, न्यायलयमा अहिले देखिएको समस्या छिट्टै हल होस् र न्याय निरुपणको काम होस् भन्ने हाम्रो चाहना रहेको बताए ।

न्यायपालिका आफैँ एउटा संवैधानिक व्यवस्था भएको संस्था रहेको उल्लेख गर्दै उहाँले राजनीतिक सत्ता र शक्तिको प्रभावबाट यो संस्था स्वतन्त्र र अलग रहनुपर्छ भने ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ३ : ४४ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा