लोकतन्त्र र संविधानबारे भारतीय महावाणिज्य दूतावासको आयोजनामा प्यानल छलफल « Khabarhub

लोकतन्त्र र संविधानबारे भारतीय महावाणिज्य दूतावासको आयोजनामा प्यानल छलफल


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय स्वतन्त्रता दिवसको अवसर पारेर वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको आयोजनामा लोकतन्त्र र संविधानबारे प्यानल छलफल कार्यक्रमको आयोजना गरिएको छ । ‘आजादीका अमृत महोत्सव (७५)’ अवसरमा आयोजित कार्यक्रममा विज्ञ तथा विश्लेषकहरुले लोकतन्त्रका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायापालिकाबीच नियन्त्रण र सन्तुललाई बलियो बनाउनुपर्ने बताएका छन् ।

उनीहरुले संविधानका विशेषताहरू जस्तै तटस्थता, समावेशीता, परिमार्जनशीलता, प्रगतिशीलता, शक्ति पृथकीकरण, सरकारको कर्तव्य र नागरिकको मौलिक अधिकारको संरक्षणको प्रत्याभूति विषयमा विवेचना गरेका थिए । उनीहरुले १२१५ को म्याग्नाकार्टादेखि २०१५ को नेपालको संविधानसम्मको संविधानको इतिहासलाई प्रतिबिम्बित गर्दै लोकतन्त्रको सफलताका लागि संविधान महत्वपूर्ण औजार भएको निष्कर्ष निकालेका थिए।

बलियो लोकतन्त्रको संविधानले यसका तीन खम्बा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा नियन्त्रण र सन्तुलन राख्ने र यसले लोकतन्त्रको फलिफाप र सफलता सुनिश्चित गर्ने प्यानलका सदस्यहरूले धारणा राखे ।

भारतको संविधानमा जोड दिँदै, प्यानलका सदस्यहरूले नेपालले पनि यसबाट समावेशीता, प्रगतिशीलता, जनताको मौलिक अधिकारको सम्मान र न्यायपालिकाको सर्वोच्चता जस्ता विषयहरु अंगिकार गर्न सक्ने सुझाब दिए ।

वीरगञ्जमा आयोजित कार्यक्रममा सामाजिक कार्यकर्ता मोनिका सिंह, साहु मञ्च रक्शौलका अध्यक्ष सुरेश कुमार, अर्थविद् लक्ष्मी कर्ण, ठाकुर राम बहुमुखी क्याम्पस, वीरगन्जका रामेश्वर सेढाई, हेटौँडा उच्च अदालतका अधिवक्ता विनोद गुप्ता, वीरगन्ज कलेजका प्रिन्सिपल पन्नालाल गुप्ता, भारतीय कन्सुल जनरल नितेश कुमारलगायतले प्यानल छलफलमा भाग लिएका थिए ।

भारतीय कन्सुल जनरल नितेश कुमार यस विषयमा विभिन्न र जानकारीमूलक विचारका लागि सहभागीहरूलाई धन्यवाद दिए। उनले संविधानले प्रदान गरेको अधिकारको संरक्षणका साथै नागरिकले कर्तव्यको पालना गर्दै यसमा व्यवस्था गरिएका उचित बन्देजको कदर गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ४ : १६ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना