‘आइसी डिजाइनर रनवे १०’ मा ७३ डिजाइनरका डिजाइन | Khabarhub Khabarhub

‘आइसी डिजाइनर रनवे १०’ मा ७३ डिजाइनरका डिजाइन


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विगतका वर्ष झै यसवर्ष पनि ‘आइसी डिजाइनर रनवे १०’ फेसन शो आयोजना हुने भएको छ । आइसी कलेजको आयोजनामा आगामी २४ डिसेम्बर (९ पुस) मा आयोजना हुने फेसन शोको नेक्स्ट मोडल्स नेपालले म्यानेजमेन्ट गर्न लागेको हो ।

फेसन शोका लागि ३६ मोडल छानिएका छन् । नेक्स्ट मोडल्सले हालै अडिसन मार्फत २८ महिला र ८ पुरुष मोडल गरेर फेसन शोका उत्कृष्ट ३६ मोडल छनोट गरेको हो । होटल हायात रिजेन्सीमा हुने फेसन शोमा ७३ जना डिजाइनरले तयार पारेका विभिन्न आकर्षक पहिरन २१ सिक्वेन्समा मोडलहरुले र्‍याम्पमा प्रस्तुत गर्नेछन् । ७३ जना फेसन डिजाइनर नै आइसी कलेजका १८ औं व्याजका पास आउट विद्यार्थी हुन् ।

नेक्स्ट मोडल्स नेपालका सिइओ रवी धमलाले यो फेसन शो यसवर्ष विगतका भन्दा उत्कृष्ट तरिकाबाट प्रस्तुत गर्ने तयारी भइरहेको बताए । कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले ‘आइसी डिजाइनर रनवे’ को उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनु रहेको बताइन् ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ४ : २७ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी