‘आइसी डिजाइनर रनवे १०’ मा ७३ डिजाइनरका डिजाइन « Khabarhub

‘आइसी डिजाइनर रनवे १०’ मा ७३ डिजाइनरका डिजाइन


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विगतका वर्ष झै यसवर्ष पनि ‘आइसी डिजाइनर रनवे १०’ फेसन शो आयोजना हुने भएको छ । आइसी कलेजको आयोजनामा आगामी २४ डिसेम्बर (९ पुस) मा आयोजना हुने फेसन शोको नेक्स्ट मोडल्स नेपालले म्यानेजमेन्ट गर्न लागेको हो ।

फेसन शोका लागि ३६ मोडल छानिएका छन् । नेक्स्ट मोडल्सले हालै अडिसन मार्फत २८ महिला र ८ पुरुष मोडल गरेर फेसन शोका उत्कृष्ट ३६ मोडल छनोट गरेको हो । होटल हायात रिजेन्सीमा हुने फेसन शोमा ७३ जना डिजाइनरले तयार पारेका विभिन्न आकर्षक पहिरन २१ सिक्वेन्समा मोडलहरुले र्‍याम्पमा प्रस्तुत गर्नेछन् । ७३ जना फेसन डिजाइनर नै आइसी कलेजका १८ औं व्याजका पास आउट विद्यार्थी हुन् ।

नेक्स्ट मोडल्स नेपालका सिइओ रवी धमलाले यो फेसन शो यसवर्ष विगतका भन्दा उत्कृष्ट तरिकाबाट प्रस्तुत गर्ने तयारी भइरहेको बताए । कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले ‘आइसी डिजाइनर रनवे’ को उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनु रहेको बताइन् ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ४ : २७ बजे

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

काठमाडौं– एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर

‘पर्खी बसे तिमीलाई, फर्की आएनौँ’

काठमाडौं-म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले