गुल्मीमा कांग्रेस अधिवेशन स्थगित « Khabarhub

गुल्मीमा कांग्रेस अधिवेशन स्थगित


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– नेपाली कांग्रेस गुल्मीको अधिवेशनमा मुसिकोट नगरपालिका मतदान केन्द्रको मतदान प्रक्रिया रोकिएको छ ।

मुसिकोट नगरपालिको मतदान केन्द्रमा मतपत्रमा संकेत उल्लेख गरेर मतदान गरिएको भन्दै सभापतिका उमेदवार बेदबहादुर थापा मगरले विरोध जनाएपछि मतदान प्रक्रिया रोकिएको हो । थापा मगरले निर्वाचन अधिकृतलाई मतदान प्रक्रिया स्थगित गर्न माग गर्दै निवेदन दिएका थिए । मुसिकोटबाहेक अरु स्थानीय तहको मतदान भने सकिएको छ ।

उमेदवारहरूबीच सहमति भएपछि मात्रै मतदान सुरू हुने कांग्रेसका निवर्तमान सभापति भुवनप्रसाद श्रेष्टले जानकारी दिए । उनले सहमतिको प्रयास भए पनि शनिबारै मतदान हुने सम्भावना कम भएको बताए ।

जिल्ला अधिवेशनमा सभापतिमा खिलध्वज पन्थी र बेदबहादुर थापा मगर, उपाध्यक्षमा शिव केसी, अनन्तराम पौडेल र झविन्द्र विश्वकर्मा, सचिवमा भगतसिंह खड्का, जगदिश भटराई, पृथ पौजदार र पूर्ण केसीले उम्मेदवारी दिएका छन् ।

सहसचिवमा निरोज मरासिनी, रेशम कुँवर, छवि पाण्डेय र धर्म पाण्डेले उम्मेदवारी दिएको निर्वाचन सहायक अधिवक्ता भीम न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ५ : ५६ बजे

क्युबाविरुद्ध कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिएपछि बढ्दो

सांसदहरूलाई रविले भने : सरकार बनेको बेलुकाबाटै ढाल्न लाग्छन्, सचेत हुनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई संयमितता

हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले भन्यो : पाइलटसहित सबै ६ यात्रु सकुशल  

काठमाडौं– एयर डाइनेस्टी सर्भिसको हेलिकोप्टर बुधबार खोटाङमा दुर्घटनामा परेको छ।

हेलिकप्टर दुर्घटनामा परेका पाइलट र घाइतेलाई काठमाडौं लगिँदै

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छाको बालाबेंसीमा काठमाडौंबाट गएको एयर डाइनेष्टीको

रविले बोलाउँदा पनि सांसदको तालिममा गएनन् बालेन, दिए ‘सेड्युल प्याक’ रहेको जवाफ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण समापन कार्यक्रममा पार्टी सभापति रवि