एक वर्षमा माओवादी देशकै ठूलो पार्टी बन्ने दाबी « Khabarhub

एक वर्षमा माओवादी देशकै ठूलो पार्टी बन्ने दाबी


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अबको एक वर्षमा माओवादी केन्द्र देशकै पहिलो र ठूलो पार्टी बन्ने बताएका छन् ।

विगतका केही वर्षमा पार्टी आन्तरिक समस्यामा अल्झेको भन्दै पौडेलले पार्टीभित्रका समस्याको समीक्षा गरेर सङ्गठन बिस्तारमा लागेको बताए । ‘हामीले संकल्प गरेका छौं,’ उहाँले भन्नुभयो, ‘अबको एकवर्षभित्र २०६४ सालको जस्तो माओवादी बनाउँछौं ।’ उनले माओवादी केन्द्रले ल्याएको परिवर्तन र एजेण्डामा अरु पार्टीले रजाईं गरेको आरोप लगाउँदै पौडेलले माओवादीभित्र नयाँ जागरण आएको बताए ।

समावेशी राज्य व्यवस्था पार्टीको एजेण्डा भए पनि पछिल्लो समय माओवादी सकियो भन्नेले नै त्यो एजेण्डा आफ्नो भएको सस्तो प्रचार गर्नेगरेको उनको आरोप थियो ।

माओवादी केन्द्र जैमिनी नगर कमिटीको पहिलो अधिवेशनको शनिबार कुश्मीशेरामा उद्घाटन गर्दै पौडेलले पार्टीमा नयाँ जागरण आएकोले अन्य पार्टीकालाई माओवादीमा गोलबद्ध हुन आग्रह गरे । विचार मिल्नेसँग एकताको सम्भावना कायम रहेको भन्दै पौडेलले त्यसका लागि माओवादी केन्द्रले संवाद गरिरहेको जानकारी दिए ।

देशमा आउने हरेक सङ्कटको समाधान माओवादी केन्द्रकै नेतृत्व र अध्यक्ष प्रचण्डको भूमिकाले समाधान हुने गरेका उदाहरण दिँदै पौडेलले शिक्षा क्षेत्रको विकास र परिवर्तनका लागि सधै काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले माओवादी पार्टीमाथि विभिन्न शक्तिले आक्रमण गर्न थालेको बताउँदै कार्यकर्तालाई बैचारिक प्रतिवाद गर्न आग्रह गरे।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ६ : ११ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना