नागरिकलाई अधिकार सम्पन्न बनाउने अभियानमा छौँ : मन्त्री श्रेष्ठ « Khabarhub

नागरिकलाई अधिकार सम्पन्न बनाउने अभियानमा छौँ : मन्त्री श्रेष्ठ


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाएर जनतालाई समृद्धशाली मुलुकको अधिकारसम्पन्न नागरिक बनाउने अभियानमा माओवादी केन्द्र अगाडि बढेको बताएकी छन्।

नेकपा माओवादी केन्द्रको मध्यपुर ठिमि नगर सम्मेलनको शनिबार उद्घाटन गर्दै मन्त्री श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्र र नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी माओवादीकै प्रयासबाट संविधान बनेकाले त्यसको कार्यान्वयनमा पनि माओवादी नै लागि पर्ने बताइन् ।

उनले अग्रगमन र प्रतिगमनबीचको द्वन्द्व अझै बाँकी रहको र थोरै ठाउँ पउनासाथ प्रतिगमनकारी तत्व फेरि उठ्न सक्ने भन्दै प्रतिगमन अन्त्यका लागि जनतालाई सचेत बनाउनुपर्ने उल्लेख गरिन् । उनले माओवादी केन्द्रको एजेण्डा र पहलबाट स्थापित भएका अधिकारको विषयलाई लिएर नागरिकका घरघरमा जानुपर्नेमा जोड दिइन् ।

मन्त्री श्रेष्ठले जनता अधिकार सम्पन्न भएको मन नपराउनेहरुले संविधान र संघीयतमाथि हमला गरेर संविधानलाई नै मरणाशन्न बनाउने गरी सर्वभौम सम्पन्न प्रतिनिधिसभा विघटन गरेको भन्दै माओवादी केन्द्रको नेतृत्वमा नागरिकको साथबाट संविधान र परिवर्तनलाइं जोगाउन सकिएको भए पनि चुनौति अझै रहेकाले सवै सचेत बन्नुपर्नेमा समेत जोड दिइन् ।

संविधानको रक्षाका लागि माओवादी केन्द्रले गठबन्धन निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको र संविधान मास्ने प्रतिगामी तत्वहरु अझै रहेकाले संविधानको रक्षका लागि पाँच दलीय गठबन्धनको अझै आवश्यकता रहेकाले गठबन्धन निर्वाचनसम्म नै जाने पनि मन्त्री श्रेष्ठले बताइन् ।

मन्त्री श्रेष्ठले जसको नीति उसको नेतत्व हुन नसक्दा संविधान नै नष्ट गर्ने गरी कदम चालिएको भन्दै संविधानको रक्षा र उपलब्धीलाई संस्थागत गर्न माओवादी केन्द्रले मात्रै सक्ने पनि बताइन्।

मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएको महिला, दलित सुकुम्वासी, मुक्त हलीया, कमैया र कमलरीको समस्या समाधान गर्न र संविधानमा भएको उनीहरुको हक कार्यान्वयन गर्न आफूले मन्त्रालय संहालेपछि काम शुरु गरिसकेको र फेरि पनि भूमिसम्बन्धी समस्या आइरहने अवस्थाको अन्त्य गर्नेगरी कार्ययोजना बनाएर काम शुरु भइसकेको बताइन् ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ७ : १० बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना