नेपाली कांग्रेस इलाम सभापतिमा डम्बर खड्का निर्वाचित | Khabarhub Khabarhub

नेपाली कांग्रेस इलाम सभापतिमा डम्बर खड्का निर्वाचित


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– नेपाली कांग्रेस इलामको जिल्ला सभापतिमा डम्बर खड्का निर्वाचित भएका छन् । सभापतिका अर्का प्रत्याशी भेषराज आचार्यलाई १६० मतान्तरले पराजित गर्दै खड्का सभापति निर्वाचित भएका हुन् ।

खड्काले ९३५ मत प्राप्त गरेका छन् भने आचार्यले ७७५ मत प्राप्त गरेका छन् । १ हजार ७३२ जनाले मतदान गरेको इलाममा खड्काले अन्तिम १३२ मत गणना गर्न बाँकी हुँदै सभापतिमा आफ्नो स्थान सुरक्षित गरेका थिए । १ हजार ६०० मत गणना हुँदै खड्काले ८७० मत पाएका थिए ।

खड्का कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट उम्मेदवार हुन् । आचार्य भने संस्थापन इतर समूहमा थिए ।

१४औं महाधिवेशनमा जिल्ला सभापतिका लागि चार आकांक्षी थिए । डम्बर खड्का, भेषराज आचार्य, हिमालय कर्माचार्य र केशव थापाको सभापतिमा चर्चा थियो । मनोनयनको अन्तिम समयमा कर्माचार्य र थापाले गठबन्धन गरेर खड्कालाई सघाएका थिए भने आचार्य गठबन्धन बिना आफ्नै प्यानल बनाएर चुनावमा होमिएका थिए । संस्थापन समूहका खड्कालाई सघाएका हिमालय कर्माचार्य भने पौडेल पक्ष निकट मानिन्छन् भने थापा देउवा निकट नै हुन् ।

उपसभापतिमा खगेन्द्र देवान र विष्णु कुमारी लिम्बु दाहाल निर्वाचित भएका छन् । देवानले ८७४, दाहालले ७७८ मत प्राप्त गरिन् उपसभापतिमा निर्वाचित दुवैजना भेषराज आचार्य प्यानलबाट निर्वाचित भएका हुन् । उपसभापतिमा पराजित केदार थापाले ७४७ मत र होम दुलालले ६९९ मत पाएका छन् । उनीहरू दुवै जना खड्का नेतृत्वको गठबन्धनबाट उपसभापतिका प्रत्याशी थिए ।

सचिवमा पूर्णप्रसाद गौतम र निरोज खड्गी निर्वाचित भए । गौतमले ८१९ र खड्गीले ७९३ मत प्राप्त गरे । गौतम आचार्यको प्यानलबाट निर्वाचित भएका हुन् भने खड्गी डम्बर खड्का नेतृत्वको गठबन्धनबाट सचिव निर्वाचित भएका छन् । सचिव पदका प्रत्याशी विष्णु कार्कीले ७२२ र हुकुमलाल थेवेले ७१५ मत पाएका छन् । कार्की भेषराज आचार्य प्यानलबाट र थेवे खड्का नेतृत्वको गठबन्धनबाट सचिव पदमा चुनाव भिडेका थिए ।

सहसचिवमा भने डालाकुमारी कार्की र देवेन्द्र कुमार सुवेदी चुनिएका छन् । ८६५ मत र सुवेदीले ७८१ मत पाएका छन् । कार्की खड्का नेतृत्वको गठबन्धन र कार्की आचार्य प्यानलबाट सहसचिव निर्वाचित भएका हुन् । सहसचिवमा पराजित चक्र एक्तेन अभिषेकले ६६५ र ६३४ मत पाएका छन् ।

इलामबाट अपाङ्गता भएको व्यक्तिहरूको कोटाबाट माधव चम्लागाईं महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । चम्लागाईंले ८५१ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी किशोर कुमार कार्कीले ३५९ र रविचन्द्र अधिकारीले २४२ मत पाएका छन् ।

जिल्ला सदस्यहरूको मतगणना जारी छ । जिल्ला सदस्यमा नौ जना सर्वसम्मत भएका छन् । पालिकाहरूबाट चयन हुने अधिकांश महिला सदस्य र केही पुरुष सदस्य जिल्ला कार्यसमितिमा सर्वसम्मत चयन भएका हुन् ।

देउमाई नगरपालिकाबाट सावित्रा देवी श्रेष्ठ, माइनगरपालिकाबाट राधिका कार्की, चुलाचुलीकी विन्दादेवी बस्नेत, माइजोगमाईकी राममाया लिम्बु, सन्दकपुरकी सविता गुरुङ्ग, इलाम नगरपालिकाबाट रिना घिमिरे, सूर्योदय नगरपालिकाकी रजनी मुखिया महिला कोटाबाट निर्विरोध भएका हुन् । त्यस्तै चुलाचुलीका गणेश प्रसाद फागो, माङसेबङ्गुका नन्दकुमार राई जिल्ला सदस्यमा निर्विरोध भए ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ७ : ४० बजे

हडान्याकले पाए नोबेल शान्ति पुरस्कार

काठमाडौं – अटोमिक बमबाट बचेका जापानका नियोन हडान्क्याले सन् २०२४ को

कोलोराडोको सुन खानीमा १० जना फसे, ११ को उद्धार

एजेन्सी– अमेरिकाको कोलोराडो राज्यमा रहेको सुन खानीमा उपकरणमा खराबीका कारण

ओलीका हातमा धुपौरो, मीनबहादुरसँग घण्टी !

काठमाडौं- भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ र नेकपा एमालेबीचको गहिरो

बीपी राजमार्गमा फेरि पहिरो खस्यो, वैकल्पिक बाटो पनि अवरुद्ध

धुलिखेल – बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ पिप्लेमा पुनः पहिरो

जुटको मूल्य घट्यो, प्रतिकिलो एक सय रुपैयाँ 

काठमाडौं– अन्तराष्ट्रिय बजारमा जुटको उत्पादनको बिक्री घटेका कारण कच्चा जुटको