रावललाई ओलीको जवाफ : उम्मेदवार बन्ने कसैको अधिकार खोसिँदैन « Khabarhub

रावललाई ओलीको जवाफ : उम्मेदवार बन्ने कसैको अधिकार खोसिँदैन


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता भीम रावलतर्फ इंगित गर्दै उम्मेदवार बन्ने कसैको अधिकार नखोसिने बताएका छन् । उनले विधान अनुसारको अधिकार सबैले प्रयोग गर्न पाउने बताएका हुन् ।

ओलीले सहमतिको प्रयास गर्दै आएको भए पनि रावलले अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आएका छन् । ‘विधानअनुसार सबैलाई अधिकार रहन्छ । जबरजस्ती सहमति गरिँदैन । जबज पास भएकै महाधिवेशनबाट केन्द्रीय कमिटी सर्वसम्मत चुनिएको थियो । उम्मेदवारी बन्ने कसैको अधिकार खोसिँदैन’, ओलीले भने ।

बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार ओलीलाई दिने निर्णय गरेपछि रावलले सो निर्णय नमान्ने बताइसकेका छन् ।

ओलीले ठट्टा गर्दै रावललाई मनोनयन नै नभएको अवस्थामा कसरी फिर्ता लिनुहुन्छ भनेका थिए। यसका साथै ओलीले सहमति र एकता भएको बताएका थिए ।

 

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ९ : ३४ बजे

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर