रावललाई ओलीको जवाफ : उम्मेदवार बन्ने कसैको अधिकार खोसिँदैन « Khabarhub

रावललाई ओलीको जवाफ : उम्मेदवार बन्ने कसैको अधिकार खोसिँदैन


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता भीम रावलतर्फ इंगित गर्दै उम्मेदवार बन्ने कसैको अधिकार नखोसिने बताएका छन् । उनले विधान अनुसारको अधिकार सबैले प्रयोग गर्न पाउने बताएका हुन् ।

ओलीले सहमतिको प्रयास गर्दै आएको भए पनि रावलले अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आएका छन् । ‘विधानअनुसार सबैलाई अधिकार रहन्छ । जबरजस्ती सहमति गरिँदैन । जबज पास भएकै महाधिवेशनबाट केन्द्रीय कमिटी सर्वसम्मत चुनिएको थियो । उम्मेदवारी बन्ने कसैको अधिकार खोसिँदैन’, ओलीले भने ।

बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार ओलीलाई दिने निर्णय गरेपछि रावलले सो निर्णय नमान्ने बताइसकेका छन् ।

ओलीले ठट्टा गर्दै रावललाई मनोनयन नै नभएको अवस्थामा कसरी फिर्ता लिनुहुन्छ भनेका थिए। यसका साथै ओलीले सहमति र एकता भएको बताएका थिए ।

 

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ९ : ३४ बजे

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली