विष्णुको बोलीले बन्दसत्रमा रावल तात्तिए, ओली र ईश्वरले बनाए कुल « Khabarhub

विष्णुको बोलीले बन्दसत्रमा रावल तात्तिए, ओली र ईश्वरले बनाए कुल


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा एमालेको बन्दसत्रमा नेता भीम रावल आक्रोसित बनेका छन् । एमाले नेता विष्णु पौडेलले उम्मेदवारी दिन पाइन्न, विधानभन्दा दायाबाया हुँदैन भनेपछि नेता रावल आक्रोसित बनेका थिए ।

पौडेलले उम्मेदवारी दिन विधानले नै नदिने तर्क गरेपछि रावलले असन्तुष्टि जनाएका थिए । उनले विधानले उम्मेदवारी दिन नपाइने उल्लेख नगरेको भन्दै आफू उम्मेदवारबाट पछि नहट्ने बताएका थिए ।

रावल रन्किएपछि ईश्वर पोखरेलले सबैले उम्मेदवारी दिन पाइने भन्दै थमथम्याएका थिए । उनले विधान भन्दा दाँयाबायाँ नहुने बताएका थिए ।

बन्दसत्र चलेको तीन घन्टा बोलेका ओलीले नेताहरूबीच विवाद भएपछि रावललाई सान्त्वना दिँदै महाधिवेशन विधान अनुसार नै हुने बताएका थिए ।

‘विधानअनुसार सबैलाई अधिकार रहन्छ । जबरजस्ती सहमति गरिँदैन । जबज पास भएकै महाधिवेशनबाट केन्द्रीय कमिटी सर्वसम्मत चुनिएको थियो । उम्मेदवारी बन्ने कसैको अधिकार खोसिँदैन, ओलीले भने ।

ओलीले ठट्टा गर्दै रावललाई मनोनयन नै नभएको अवस्थामा कसरी उम्मेदवारी फिर्ता लिनुहुन्छ भनेका थिए । धेरै आकांक्षी देखिएपछि ओलीलाई सबै नेताहरूको व्यवस्थापनमा समस्या भइरहेको छ ।

यहीबीच रावलले उम्मेदवारी फिर्ता नलिने अडान कायमै राखेसँगै सर्वसम्मत नेतृत्व छनोट हुने सम्भावना पनि कम रहेको छ ।

यसका साथै आजको बन्दसत्र सकिएको छ । ओलीले भोली १० बजे सबैलाई उपस्थित हुन निर्देशन दिएका छन् । अब भोलीका कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने छन् ।

बन्दसत्रले शुक्रबारको केन्द्रीय कमिटीबाट भएको पदाधिकारी थप्ने निर्णय पनि अनुमोदन गरेको छ ।

शुक्रबारको बैठकले ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको थियो । यसअघि केन्द्रीय कमिटी २२५ सदस्यीय थियो । बैठकले पोलिटब्युरो ब्युँताउने निर्णयसमेत गरेको थियो । जसमा ९९ जना सदस्य रहनेछन् । गत असोजमा भएको विधान महाधिवेशनले पोलिटब्युरो हटाएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  १० : ०० बजे

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा