अस्मिता बहुउद्देश्यीय सहकारीको पाँचौ साधारणसभा « Khabarhub

अस्मिता बहुउद्देश्यीय सहकारीको पाँचौ साधारणसभा


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–अस्मिता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शनिबार काठमाडौँमा पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले लेखा परीक्षण प्रतिवेदन, कोषाध्यक्ष जानकी आचार्यले पेश गरेको वार्षिक आयव्यय प्रतिवेदन पारित गरेको छ ।

यस्तै अध्यक्ष पार्वती थापाले आगामी आर्थिक वर्षको कार्ययोजना प्रस्तुत गरेकी थिइन् । सो कार्ययोजना पनि साधारण सभाले पारित गरेको छ । यो सहकारी बहुउद्देश्यीय भएकाले कृषि उत्पादन र त्यसको बजारीकरणमा जोड दिने कार्यक्रमहरु समेटिएको छ ।

संस्थाले हाल एस मिट मार्ट पनि सञ्चालन गर्दै आएको छ । संस्थाले सेवा सेन्टर विस्तार गर्ने योजना पनि बनाएको छ । साधारण सभा राष्ट्रिय सहकारी बोर्ड सञ्चालक सदस्य ईश्वरीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  १० : १० बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि