कीर्गिस्तानलाई हराउँदै अपराजित यात्रा कायम राख्ने नेपाली महिला टोलीको लक्ष्य « Khabarhub

कीर्गिस्तानलाई हराउँदै अपराजित यात्रा कायम राख्ने नेपाली महिला टोलीको लक्ष्य


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा सोमबार नेपाली महिला टोली कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

बंगलादेशको सहिद सुरावर्दी कर्भडहलमा हुने दिनको दोस्रो खेल बिहान सवा ११ बजे सुरु हुनेछ ।

फाइनलको यात्रामा रहेको नेपालले आइतबार प्रतियोगितामा अपराजित उज्वेकिस्तानलाई सोझो सेटमा हराएको थियो ।

दिनप्रतिदिन टोलीको प्रदर्शनमा सुधार भइरहेको र फाइनलमा आफूहरुले सतप्रतिशत दिनेमा कप्तान अरुणा शाही विश्वस्त छिन् ।

साविक विजेता टोली प्रतियोगितामा अपराजित रहँदै ११अंकका साथ शीर्ष स्थानमा छ । समान चार खेलमा श्रीलंका १० अंकका साथ दोस्रो र नौ अंक जोडेको उज्वेकिस्तान तेस्रो स्थानमा छ ।

कीर्गिस्तानले भने ३ अंक मात्र छ । नेपालले उपाधिका लागि श्रीलंका र उज्वेकिस्तान मध्ये एकसँग खेल्नेछ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ८ : ५० बजे

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा

मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुँदै

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक

जनकपुरको चमत्कार अर्थात् राहुल यादव

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको डेब्यु खेलमा

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स