‘ए’ डिभिजन लिग : सातदोबाटोको सामना गर्दै जावलाखेल « Khabarhub

‘ए’ डिभिजन लिग : सातदोबाटोको सामना गर्दै जावलाखेल


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको छैटौं चरणको अन्तिम दिन आज एक मात्रै खेल आयोजना हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने खेलमा रेलिगेशन जोनमा रहेको जावलाखेल युथ क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

जारी लिगमा उत्कृष्ट सुरुआत गरेको सातदोबाटो जावलाखेलविरुद्ध हाबी हुने अनुमान गर्न सकिन्छ । तुलनात्मक रुपमा प्रदर्शन गर्न नसकेको जावलाखेललाई सातदोबाटोविरुद्ध अंक खोस्ने मौकासमेत रहेको छ । लिगमा अन्य टोलीको तुलानामा पोष्ट आक्रमण बढि गरेपनि जावलाखेलले फिनिसिङ भने गर्न सकेको छैन ।

सातदोबाटो ५ खेलमा ८ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । जावलाखेललाई हराएर चौंथो स्थानमा उक्लने अवसर सातदोबाटोलाई छ । जावलाखेल ५ खेलमा ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

उसलाई समेत सातदोबाटोलाई हराए नवौं स्थानमा उक्लने अवसर छ । यदि गोलअन्तर बढाए सातौं स्थानसम्म पुग्न सक्छ । जारी लिगमा मछिन्द्र शीर्षस्थानमा छ भने एपीएफ र च्यासल युथ क्लब रेलिगेशन जोनमा छन् ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ९ : ४२ बजे

गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी

समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध (तस्बिरहरू)

काठमाडौं– महिला अधिकारका लागि दबाब अभियानले संविधान प्रदत्त समानुपातिक समावेशी

भोजपुरका किसान सुन्तला खेतीमा व्यस्त (तस्बिरहरू)

काठमाडौं– आम्दानीको भरपर्दो स्रोत बन्दै गएपछि भोजपुरका किसानहरू यतिबेला सुन्तला

तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ दुई लाख ९९ हजार आठ सय

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट