माधव नेपालसहित १४ सांसदविरूद्ध ओलीले दायर गरेको मुद्दा पेसीमा « Khabarhub

माधव नेपालसहित १४ सांसदविरूद्ध ओलीले दायर गरेको मुद्दा पेसीमा


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माधव कुमार नेपालसहित १४ सांसदविरूद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको आज पेसी चढेको छ ।

नेपालसहित १४ सांसदलाई पदमुक्त नगरी नयाँ दल दर्ता गरेको भन्दै ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको मुद्दा आज पेसी चढेको हो । तर सो मुद्दाको सुनवाइ हुने नहुने टुंगो भने लागेको छैन ।

न्यायाधीश तेजवहादुर केसी र टंकबहादुर मोक्तानको इजलासमा परेको यो मुद्दा मध्य भागतिर रहेकाले आजै सुनवाइ हुने नहुने निदो छैन ।

यो मुद्दामा न्यायाधीश दीपक कार्की र कुमार चुँडालको इजलासले दशैंअघि गरेको सुनुवाइमा अन्तरिम आदेश नदिइ सक्कल कागज माग्ने र विपक्षीबाट लिखित जवाफ मगाउने आदेश दिएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिएको लगायत अनुशासनको विषय उठाएर साउन २७ गते नेपालसहित १४ सांसदलाई निष्कासन गरेर एमालेले सो पत्र निर्वाचन आयोग र संसद सचिवालयमा पठाएको थियो ।

तर सभामुखले समयमै त्यसमा निर्णय नदिँदा एमाले फुटेको थियो । सोही प्रकरण देखाएर एमालेले संसद् पनि अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ११ : ४७ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)