गोलबजारमा सटर फोडेर १० लाखभन्दा बढीको चोरी « Khabarhub

गोलबजारमा सटर फोडेर १० लाखभन्दा बढीको चोरी


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा-  सिरहाको दुई किराना पसलमा सटर फोडेर १० लाखभन्दा बढी मूल्यको सामग्री तथा काउन्टरमा रहेको नगद चोरी गरेको छ ।

गोलबजार ना.पा-६ गुम्बाचोकस्थित मनोज इन्टरप्राइजेज र लक्ष्मी जेनरल स्टोरबाट करिब नौ लाख मूल्य बराबरको सरसामान तथा दुवै पसलमा गरी एक लाख नगद चोरी भएको हो ।

चोरले किराना पसलको सटर फोडेर मनोज इन्टरप्राइजेजबाट १५ बन्डल सूर्या चुरोट, २० बन्डल सिखर चुरोट, दुई लाख बराबरको रिचार्ज कार्ड, एक थान (डेल कम्पनीको) ल्यापटप र काउन्टरमा रहेको नगद ५० हजार रुपैयाँ चोरी भएको पसल सञ्चालक मनोज साहले जनाएको छ ।

लक्ष्मी जनरल स्टोरबाट १० बन्डल सूुर्या चुरोट, १५ बन्डल शिखर चुरोट, एक लाख बराबरको रिचार्ज कार्ड र काउन्टरमा रहेको नगद ५० हजार चोरी भएको प्रहरीले जनाएको छ ।

चोरीको आशंकामा दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्चार्ज सन्तोष राईले बताए ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  १ : १५ बजे

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज