क्लब प्लाटिनममा असीसका गीत « Khabarhub

क्लब प्लाटिनममा असीसका गीत


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– बलिउड गायिका असीस कौर आगामी जनवरी ८ मा दरबारमार्गमा रहेको क्लब प्लाटिनममा गुञ्जिने भएकी छन् । ‘राता लम्बिया नाइट वीथ असीस कौर’ कन्सर्टमा उनका गीत दर्शकले हेर्न र सुन्न पाउने भएका हुन् ।

फेलिज इन्टरनेशनल इभेन्टले कन्सर्टको आयोजना गर्न लागेको हो । संस्थाका सिइओ शाहिल खानले विश्वमा नेपाल कोरोनाको कहरबाट मुक्त हुँदै गएको सन्देशसमेत दिन कार्यक्रम गर्न लागिएको बताए । कार्यक्रममा असीसका अलावा नेपाली गायिका याबेश थापाले पनि प्रस्तुति दिनेछन् ।

असीसको पछिल्लो समय ‘राता लम्बिया’ गीत निकै हिट रहेको छ । कौरले ‘इन्डियन आइडल’, ‘आवाज पञ्जाब दी’लगायतका विभिन्न गायन रियालिटी शोमा भाग लिएकी थिइन् । सन् २०२० मा फिल्म ‘खुदा हाफिज’ को गीत ‘जान बन गए’ले उनलाई चर्चामा ल्याएको थियो ।

पाँच वर्षको हुँदादेखि नै गायन क्षेत्रमा लागेकी कौरले ‘तमाचे’ फिल्मको ‘दिलदारा रिप्राइज’ मार्फत् बलिउडमा डेब्यू गरेकी थिइन् । उनका ‘भे माही’, ‘मखना’, ‘बन्देया रे बन्देया’, ‘तेरे बिन’, ‘आख लड जावे’, ‘छोगडा’ र ‘बोल्ना’बोलका गीत चलेका छन् ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ४ : २३ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र