क्लब प्लाटिनममा असीसका गीत « Khabarhub

क्लब प्लाटिनममा असीसका गीत


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– बलिउड गायिका असीस कौर आगामी जनवरी ८ मा दरबारमार्गमा रहेको क्लब प्लाटिनममा गुञ्जिने भएकी छन् । ‘राता लम्बिया नाइट वीथ असीस कौर’ कन्सर्टमा उनका गीत दर्शकले हेर्न र सुन्न पाउने भएका हुन् ।

फेलिज इन्टरनेशनल इभेन्टले कन्सर्टको आयोजना गर्न लागेको हो । संस्थाका सिइओ शाहिल खानले विश्वमा नेपाल कोरोनाको कहरबाट मुक्त हुँदै गएको सन्देशसमेत दिन कार्यक्रम गर्न लागिएको बताए । कार्यक्रममा असीसका अलावा नेपाली गायिका याबेश थापाले पनि प्रस्तुति दिनेछन् ।

असीसको पछिल्लो समय ‘राता लम्बिया’ गीत निकै हिट रहेको छ । कौरले ‘इन्डियन आइडल’, ‘आवाज पञ्जाब दी’लगायतका विभिन्न गायन रियालिटी शोमा भाग लिएकी थिइन् । सन् २०२० मा फिल्म ‘खुदा हाफिज’ को गीत ‘जान बन गए’ले उनलाई चर्चामा ल्याएको थियो ।

पाँच वर्षको हुँदादेखि नै गायन क्षेत्रमा लागेकी कौरले ‘तमाचे’ फिल्मको ‘दिलदारा रिप्राइज’ मार्फत् बलिउडमा डेब्यू गरेकी थिइन् । उनका ‘भे माही’, ‘मखना’, ‘बन्देया रे बन्देया’, ‘तेरे बिन’, ‘आख लड जावे’, ‘छोगडा’ र ‘बोल्ना’बोलका गीत चलेका छन् ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ४ : २३ बजे

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

काठमाडौं– एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर

‘पर्खी बसे तिमीलाई, फर्की आएनौँ’

काठमाडौं-म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले