रसुवामा १६ सयभन्दा बढी नयाँ मतदाता थपिए « Khabarhub

रसुवामा १६ सयभन्दा बढी नयाँ मतदाता थपिए


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवामा १६ सयभन्दा बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय रसुवाले जिल्लाका चार वटा गाउँपालिकामा गरेको फोटोसहितको मतदाता नामावली संकलनमा १६ सय ३९ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए । जसमा ८ सय ६५ जना पुरुष र ७७४ जना महिला रहेको उनले बताए ।

चार वटा गाउँपालिकामा दुई चरणमा मतदाता नामावली संकलन गरिएको थियो । पहिलो चरणअन्तर्गत गएको मंसिर १७ देखि २६ गतेसम्म गरिएको मतदाता नामावली संकलनमा आमाछोदिङ्मो गाउँपालिकामा २ सय ४९ जना र नौकुण्ड गाउँपालिकामा ४ सय १५ जना नयाँ मतदाता थपिएका छन् ।

त्यसैगरि दोस्रो चरणअन्तर्गत मंसिर २९ देखि पुष ९ गतेसम्म गरिएको मतदाता नामावली संकलनमा उत्तरगया गाउँपालिकामा ४ सय ८० जना र कालिका गाउँपालिकामा ४ सय ९३ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालय भएको गोसाईकुण्ड गाउँपालिकामा भने मतदाता नामावली संकलनको काम अभियान स्वरूप अघि बढाइएको थिएन । निर्वाचनको मिति घोषणा नभएसम्म जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय रसुवामा निरन्तर मतदाता नामावली संकलनको कार्य भइरहने जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

स्थानीय तथा संघमा निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल पनि सक्किँदैछ । रसुवामा २०७७ चैत्र ४ गते प्रकाशित अन्तिम मतदाता नामावली अनुसार जिल्लामा ३४ हजार ८ सय ५१ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ५ : ४० बजे

बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर– यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण

महाकालीमा बगेर एक जना बेपत्ता

बैतडी– महाकाली नदीमा बगेर पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण

सुनको मूल्य ७ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

प्रि ओपन सेसन : झिनो अंकको वृद्धि

काठमाडौँ– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि

सिरहा– गोलबजारमा नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत