रसुवामा १६ सयभन्दा बढी नयाँ मतदाता थपिए « Khabarhub

रसुवामा १६ सयभन्दा बढी नयाँ मतदाता थपिए


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवामा १६ सयभन्दा बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय रसुवाले जिल्लाका चार वटा गाउँपालिकामा गरेको फोटोसहितको मतदाता नामावली संकलनमा १६ सय ३९ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए । जसमा ८ सय ६५ जना पुरुष र ७७४ जना महिला रहेको उनले बताए ।

चार वटा गाउँपालिकामा दुई चरणमा मतदाता नामावली संकलन गरिएको थियो । पहिलो चरणअन्तर्गत गएको मंसिर १७ देखि २६ गतेसम्म गरिएको मतदाता नामावली संकलनमा आमाछोदिङ्मो गाउँपालिकामा २ सय ४९ जना र नौकुण्ड गाउँपालिकामा ४ सय १५ जना नयाँ मतदाता थपिएका छन् ।

त्यसैगरि दोस्रो चरणअन्तर्गत मंसिर २९ देखि पुष ९ गतेसम्म गरिएको मतदाता नामावली संकलनमा उत्तरगया गाउँपालिकामा ४ सय ८० जना र कालिका गाउँपालिकामा ४ सय ९३ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालय भएको गोसाईकुण्ड गाउँपालिकामा भने मतदाता नामावली संकलनको काम अभियान स्वरूप अघि बढाइएको थिएन । निर्वाचनको मिति घोषणा नभएसम्म जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय रसुवामा निरन्तर मतदाता नामावली संकलनको कार्य भइरहने जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

स्थानीय तथा संघमा निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल पनि सक्किँदैछ । रसुवामा २०७७ चैत्र ४ गते प्रकाशित अन्तिम मतदाता नामावली अनुसार जिल्लामा ३४ हजार ८ सय ५१ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ५ : ४० बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र