कांग्रेसको वरीयता विवादमा डा. कोइरालाको प्रतिक्रिया : मतदाताले वरीयता निर्धारण गरेका छन् « Khabarhub

कांग्रेसको वरीयता विवादमा डा. कोइरालाको प्रतिक्रिया : मतदाताले वरीयता निर्धारण गरेका छन्


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मतदाताले दिएको मतदानले वरीयाता कायम गरेको बताएका छन् । १४औं महाधिवेशनपछि पहिलो पटक गृह जिल्ला मोरङ पुगेका कोइरालाले विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफूलाई आएको मतदानले नै वरीयता कायम गरिदिएको बताएका छन् ।

शेरबहादुर देउवासँग पराजित डा. कोइराला स्वत केन्द्रीय सदस्य बनेका छन् । सभापति देउवाले १३४ सदस्यीय केन्द्रीय कार्यसमितिको वरीयता निर्धारण गर्दै डा. कोइरालालाई २० औँ नम्बरमा राखेका छन् । कांग्रेस विधानमा वरीयताबारे स्पष्ट व्यवस्था नभए पनि सभापतिमा निकटतम प्रतिद्वन्द्वी भएको केन्द्रीय सदस्य दोस्रो वा तेस्रो वरीयतामा रहँदै आएको परम्परा छ । तर, देउवाले यो पटक परम्परा भत्काउँदै डा. कोइरालालाई २० औँ वरीयतामा राखेपछि विवाद उत्पन्न भएको छ ।

वरीयताकै कारण डा. कोइरालाले शनिबार बसेको पहिलो केन्द्रीय कार्यसमितिको बैठक नै बहिस्कार गरेका थिए ।

सोमबार विराटनगरमा डा. कोइरालाले कार्यकर्ताको माया नै आफ्नो वरीयता हुने तर्क गरे ।

उनले सभापतिमा हार बेहोर्नुमा आफ्नो पनि कमजोरी भएको बताएका छन् । डा. शशांक कोइराला र सुजाता कोइरालाप्रति संकेत गर्दै उनले आफ्नै भाइ–बहिनी तथा नेतालाई मिलाउन नसक्नु कमजोरी भएको बताए ।

उनले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनसमेत कार्यकर्तालाई आग्रह गरेका छन् । निर्वाचन आयोगले वैशाख १४ र २२ गतेका लागि निर्वाचन मिति सरकार समक्ष सिफारिस गरिसकेको भन्दै उनले अहिले त्यसमै व्यस्त हुने उनले बताए ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ६ : २१ बजे

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच

कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क रहन निर्देशन

महेन्द्रनगर- भारी वर्षाको पूर्वानुमानपछि कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा

अविरल वर्षाले चोभार गल्छीमा पानीको बहाव बढ्यो

काठमाडौं– काठमाडौं उपत्यकामा अविरल वर्षा भएपछि बागमती, विष्णुमतीलगायत विभिन्न खोला

वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

चितवन– बिहीबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाका सातै पालिकाले आज

पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा सर्वाधिक २०५.२ मिलिमिटर वर्षा

काठमाडौं – पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै पाल्पाको अर्चलेमा वर्षा