कैदी फरार प्रकरण : जेलरसहित सात जना पक्राउ | Khabarhub Khabarhub

कैदी फरार प्रकरण : जेलरसहित सात जना पक्राउ


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– कारागारका नाइके यामराज परियार फरार प्रकरणमा दाङको घोराही कारागारका जेलरसहित सात जना पक्राउ परेका छन् । सोमबारसम्ममा दाङ प्रहरीले कैदी भगाउने कार्यमा संलग्न भएको आरोपमा कारागार प्रमुखसहित सात जना पक्राउ परेको जनाएको छ ।

सोमबार घोराही कारागारका प्रमुख युवराज परियार, कारागारका असई रुद्रबहादुर सेन, प्रहरी हवल्दार गणेशकुमार थारुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । त्यसअघि प्रहरी जवान धनबहादुर चौधरी, घोराही उपमहानगरपालिका वडा नं १६ रतनपुरकी विपाशा चौधरी, तुलसीपुर उपमहानगरपालिका वडा नं ३ की समी चौधरी र घोराही होटल प्याराडाइजका सौजन्य खनाल पक्राउ परेका थिए ।

खनाल यसअघि पनि कारागारको कारबाही भुक्तानी गरेर निस्किएको व्यक्ति भएको र उनले नै होटलमा युवती लगायत अन्य कुराको व्यवस्थापनको भूमिका खेलेको प्रहरी दाबी छ ।

घटना अनुसन्धान अधिकृत अमर बहादुर वलीले दाङ जिल्ला अदालतबाट सोमबार बेलुकी पक्राउ पुर्जी जारी हुनासाथ उनीहरूलाई पक्राउ गरिएको बताए । तर घोराही कारागारका जेलर युवराज परियार भने दुई दिन अगाडि नै पक्राउ परिसकेको भए पनि अदालतबाट कानूनी प्रक्रिया पूरा गरेपछि मात्रै उनीहरूको पक्राउबारे जानकारी दिइएको प्रहरी स्रोतको भनाइ छ ।

घोराही कारागारका जेलर पक्राउ परेलगत्तै उनको जिम्मेवारी खोसेर तुलसीपुर कारागारका जेलर वलीलाई तत्कालका लागि जिम्मेवारी तोकिएको थियो । कारागार शाखाको अनुसन्धान पनि जेलरकै नेतृत्वमा हुने हुँदा अनुसन्धान सकेरमात्रै उनीहरू पक्राउ परेकोबारे जानकारी दिइएको छ ।

कारागारका नाइके बिहीबार भागेपछि आइतबार घोराहीका जेलर युवराज जिल्ला प्रशासन कार्यालय तानिएको सार्वजनिक गरिएको थियो ।

जेलर परियार आफू बिदामा रहेकैबेला नाइके परियारलाई उपचारका लागि लैजान अनुमति दिएको अनुसन्धानबाट खुलेको थियो । नाइके यामराज भागेकै दिन दिउँसो जेलर युवराज र यामराजको बीचमा समेत फोन संवाद भएको कलडिटेलका आधारमा पत्ता लागेको स्रोतको भनाइ छ ।

यसअघि नाइके परियार घोराही कारागारका चौकीदार थिए । बालकृष्ण खाण गृह मन्त्री भएपछि नेपाली कांग्रेस निकट मानिने नेपालगन्जका रिगल ढकाल कारागारका चौकीदार बनाइएका थिए । त्यसपछि यामराज नाइके बनेका थिए । यामराजलाई चौकीदार बनाउनेदेखि नाइके बनाउनेसम्मका गतिविधिमा कारागारका जेलर युवराजले प्रक्रियासमेत मिचेको देखिएको अनुसन्धानमा खुलेको जनाइएको छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ९ : ४३ बजे

प्रधानमन्त्री कप : आज सुदूरपश्चिम र आर्मी तथा कोशी र पुलिस भिड्ने

काठमाडौं– लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट

पाकिस्तानमा रेल अपहरण : २१४ बन्दी, ३० जनाको हत्या

इस्लामवाद – पाकिस्तानमा हतियारधारी पृथकतावादी समूहले मंगलबार यात्रुवाहक एउटा रेल

होलीमा किन लगाइन्छ सेतो कपडा ?

काठमाडौं– भोलि होली पर्व हो । सायद तपाइ पनि आज

पिएसजीसँग पराजित भएसँगै च्याम्पियन्स लिगबाट बाहिरियो लिभरपुल

काठमाडौं – च्याम्पियन्स लिगको पहिलो चरणमा सनसनीपूर्ण प्रदर्शन गरेको लिभरपुललाई

अर्थसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।