नारीका चार प्रकारः पद्मिनी, चित्रिणी, शंखिनी र हस्तिनी « Khabarhub

नारीका चार प्रकारः पद्मिनी, चित्रिणी, शंखिनी र हस्तिनी


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महर्षि वात्सायनले आफ्नो कृति कामसूत्रुमा नारीलाई ४ प्रकारमा वर्गीकरण गरेका छन् । यौनसंहिताको सबैभन्दा पुरानो कृतिमा पद्मिनी, चित्रिणी, शंखिनी र हस्तिनी भनी वात्स्यानले व्याख्या गरेका छन् ।

यी चारै प्रकारका नारीको गुण र शारिरीक बनोटलगायत सौन्दर्यताका विषयमा वात्स्यान् लेख्छन्–

पद्मिनीः यस वर्गका स्त्रीको शरीर न धेरै अग्लो न त धेरै होचो अर्थात् ठिक्कको हुन्छ। स्त्री मध्ये यी सर्वश्रेष्ठ वर्गमा पर्छन्। यिनका आँखा हरिणका जस्ता, तिलको फूल जस्तो सलक्क परेको स–साना पोहरा भएको नाक हुन्छ।

मुहार पूर्णिमाको चन्द्रमाको जस्तो चम्किलो र बोली विनम्र हुन्छ । यीनको पुष्ट र ठाडा स्तन, केशराशी कालो र चिल्लो हुन्छ अनि शरीरबाट कमलको सुगन्ध जस्तो बासनायुक्त हुन्छ। यीनको कम्मर सिंहको जस्तो खिरिलो, कमलको फूलको नालजस्ता पातला लामा औँला भएका, झन्डै घुँडासम्म छोइने सिलिक्क परेको हात, हात्तीको सूँडजस्ता तिघ्रा, गुलाफी ओठ, धनुषजस्तो आँखीभौँ अनि राजहंशजस्तो लचकदार चाल हुन्छ।

चित्रिणीः यस वर्गमा पर्ने नारीका सबै अङ्ग सुन्दर हुन्छन्। यीनको उचाइ, मोटाइ, स्तर, केशराशी र नाक नक्सा पनि पद्मिनी वर्गकै स्त्रीको जस्तो हुन्छ । तर, यीनका आँखा ठूला रमादकतापूर्ण हुन्छन्। शरीरको रङ सुनझैँ पहेँला, मोटा तिघ्रा र छरितो शरीर हुन्छ । यीनको शरीरबाट महको सुगन्ध आउँछ।

शंखिनीः यस वर्गका स्त्री पनि पद्मिनी वर्गका जस्तै मृगनयनी हुन्छन् । तर, आँखा पद्मिनीभन्दा केही ठूला र हेर्दा शीतल दिने खालका हुन्छन् । यीनका वक्ष कठोर र ठूला हुन्छन् । अनि, शरीरबाट खरानीको गन्ध आउँछ। यीनको घाँटीमा तीनवटा रेखा हुन्छन्। यी मृदुभाषी र निर्भयी हुन्छन्। यिनीहरू मोटा, अग्ला र फराकिलो नितम्ब भएका हुन्छन्।

हस्तिनीः यी शारीरिकरूपमा मोटा र अग्ला हुन्छन् । रक्तिम आँखा भएका, केशराशी ठाडा, खस्रा, मोटा, कैला र हाँगा फाटेका हुन्छन् । यीनको नाकको पोहरा ठूल्ठूला मोटा नितम्ब, डल्ला तिघ्रा, काँध साना र मोटा हुन्छन् भने यीनको शरीरबाट मदिराको गन्ध आउँछ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ५ : ५५ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच