नारीका चार प्रकारः पद्मिनी, चित्रिणी, शंखिनी र हस्तिनी « Khabarhub

नारीका चार प्रकारः पद्मिनी, चित्रिणी, शंखिनी र हस्तिनी


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महर्षि वात्सायनले आफ्नो कृति कामसूत्रुमा नारीलाई ४ प्रकारमा वर्गीकरण गरेका छन् । यौनसंहिताको सबैभन्दा पुरानो कृतिमा पद्मिनी, चित्रिणी, शंखिनी र हस्तिनी भनी वात्स्यानले व्याख्या गरेका छन् ।

यी चारै प्रकारका नारीको गुण र शारिरीक बनोटलगायत सौन्दर्यताका विषयमा वात्स्यान् लेख्छन्–

पद्मिनीः यस वर्गका स्त्रीको शरीर न धेरै अग्लो न त धेरै होचो अर्थात् ठिक्कको हुन्छ। स्त्री मध्ये यी सर्वश्रेष्ठ वर्गमा पर्छन्। यिनका आँखा हरिणका जस्ता, तिलको फूल जस्तो सलक्क परेको स–साना पोहरा भएको नाक हुन्छ।

मुहार पूर्णिमाको चन्द्रमाको जस्तो चम्किलो र बोली विनम्र हुन्छ । यीनको पुष्ट र ठाडा स्तन, केशराशी कालो र चिल्लो हुन्छ अनि शरीरबाट कमलको सुगन्ध जस्तो बासनायुक्त हुन्छ। यीनको कम्मर सिंहको जस्तो खिरिलो, कमलको फूलको नालजस्ता पातला लामा औँला भएका, झन्डै घुँडासम्म छोइने सिलिक्क परेको हात, हात्तीको सूँडजस्ता तिघ्रा, गुलाफी ओठ, धनुषजस्तो आँखीभौँ अनि राजहंशजस्तो लचकदार चाल हुन्छ।

चित्रिणीः यस वर्गमा पर्ने नारीका सबै अङ्ग सुन्दर हुन्छन्। यीनको उचाइ, मोटाइ, स्तर, केशराशी र नाक नक्सा पनि पद्मिनी वर्गकै स्त्रीको जस्तो हुन्छ । तर, यीनका आँखा ठूला रमादकतापूर्ण हुन्छन्। शरीरको रङ सुनझैँ पहेँला, मोटा तिघ्रा र छरितो शरीर हुन्छ । यीनको शरीरबाट महको सुगन्ध आउँछ।

शंखिनीः यस वर्गका स्त्री पनि पद्मिनी वर्गका जस्तै मृगनयनी हुन्छन् । तर, आँखा पद्मिनीभन्दा केही ठूला र हेर्दा शीतल दिने खालका हुन्छन् । यीनका वक्ष कठोर र ठूला हुन्छन् । अनि, शरीरबाट खरानीको गन्ध आउँछ। यीनको घाँटीमा तीनवटा रेखा हुन्छन्। यी मृदुभाषी र निर्भयी हुन्छन्। यिनीहरू मोटा, अग्ला र फराकिलो नितम्ब भएका हुन्छन्।

हस्तिनीः यी शारीरिकरूपमा मोटा र अग्ला हुन्छन् । रक्तिम आँखा भएका, केशराशी ठाडा, खस्रा, मोटा, कैला र हाँगा फाटेका हुन्छन् । यीनको नाकको पोहरा ठूल्ठूला मोटा नितम्ब, डल्ला तिघ्रा, काँध साना र मोटा हुन्छन् भने यीनको शरीरबाट मदिराको गन्ध आउँछ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ५ : ५५ बजे

माओत्सेले सके ‘पेन्सन पट्टा’को सुटिङ

काठमाडौं – चरित्र अभिनेता माओत्से गुरुङको निर्देशनमा फिल्म ‘पेन्सन पट्टा’को

स्वागत नेपालालई बोलायो साइबर ब्यूरोले, राप्रपा भन्छ : सरकारले नियोजित दबाब दिन खोज्यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट झापा क्षेत्र नम्बर २

एन्फा राष्ट्रिय पुरुष लिग : एपीएफको चर्च ब्वाइजमाथि सहज जित

काठमाडौं– एन्फा राष्ट्रिय पुरुष लिग फुटबल प्रतियोगितामा नेपाल एपीएफ क्लवले

‘अराजकताको आयु लामो हुँदैन, विध्वंश मच्चाउनेहरू कारबाहीमा पर्छन्’

दमक- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताको आयु लामो

इनड्राइभको ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सत्र सम्पन्न

काठमाडौं– इनड्राइभले ‘इनड्राइभसँग सुरक्षित यात्रा तपाईँको रोजाइमा’ अभियान अन्तर्गत ड्राइभर पार्टनर्सका