जलवायु परिवर्तनका मुद्दा समेट्दै राष्ट्रपति बाइडेनले जारी गरे नयाँ कार्यकारी आदेश « Khabarhub

जलवायु परिवर्तनका मुद्दा समेट्दै राष्ट्रपति बाइडेनले जारी गरे नयाँ कार्यकारी आदेश


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तन सम्बन्धीका मुद्दालाई समेट्दै नयाँ कार्यकारी आदेश जारी गरेका छन्।

जारी आदेशमा सीमित स्थान र क्षेत्रबाहेक उर्जा उत्खननमा प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ ।

नयाँ तेल तथा ग्यासका लागि सार्वजनिक जमिनको प्रयोगमा प्रतिबन्ध लगाइएको छ भने सन् २०३० सम्ममा हावाबाट उत्पादन हुने उर्जालाई दोब्बर पार्ने नीति लिइएको आदेशमा उल्लेख छ ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले वातावरणीय सुरक्षालाई कटौती गर्दै उर्जा उत्पादनलाई बढावा दिएकोमा बाइडेनले त्यसलाई पनि उल्ट्याइ दिएका हुन् ।

तस्वीर : गेट्टी इमेज

कार्यकारी आदेश जारीपछि बाइडेनले जलवायु परिवर्तनले सिर्जित संकट समाधानमा अमेरिकाले विश्वको नेतृत्व लिने बताउँदै सुरूवात अमेरिकाबाटै भएको बताए ।

‘हामीले धेरै लामो समय पर्खिसक्यौँ र अब थप पर्खिन सक्ने अवस्था छैन, ह्वाइट हाउसमा आजको दिन जलावायु दिवस हो,’ बाइडेनले भने ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि जस्तै जलवायु संकट समाधानका लागि पनि एकीकृत राष्ट्रिय नीति र प्रक्रियाहरु आवश्यक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ७ : २५ बजे

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी