अदालतको अवहेलनाविरूद्धका सबै रिटमा सुनुवाइ जारी | Khabarhub Khabarhub

अदालतको अवहेलनाविरूद्धका सबै रिटमा सुनुवाइ जारी


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अदालतको अवहेलनाविरूद्ध परेका सबै रिटमाथि  सर्वोच्च अदालतमा सुनुवाइ जारी छ ।

न्यायाधीश मनोज शर्माको इजलासमा सुनुवाइ भइरहेको हो । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्चमा विचाराधिन रहेका बेला त्यसलाई प्रभाव पार्न खोजेको भन्दै प्रधानमन्त्री, चारपूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई विपक्षी बनाएर रिट हालिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र  सुशीला कार्कीकाविरूद्ध मुद्दा दायर भएको छ ।

प्रधानमन्त्रीले बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी ‘तमासा देखाउन एक जना बाजे’ पनि अदालत पुगेको भन्दै अभिव्यक्ति दिएपछि अदालतको अवहेलना भएको भन्दै अधिवक्ता कन्चनकृष्ण न्यौपानेले निवेदन पेश गरेका थिए ।

चार पूर्वप्रधानन्याधीशहरूले वक्तव्य नै जारी गरेका थिए । उनीहरूकाविरूद्ध अधिवक्ता धनजित बस्नेत र लोचन भट्टराईले रिट हालेका छन् ।

यस्तै पूर्वसभामुख ढुंगानाले पनि विचारधीन मुद्दाविरूद्ध हुने गरी अभिव्यक्ति दिएको आरोप लगाउँदै अधिवक्ता राजराम घिमिरेले रिट हालेका छन् ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  १२ : ४८ बजे

जसपा विभाजन हुँदा सत्ता समीकरणमा कस्तो असर पर्ला ?

काठमाडौं– फागुन २१ गते बनेको सत्ता समीकरणको सदस्य घटक जनता

साइबर अपराधसम्बन्धी उजुरी बढे

बाँके – सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको

डढेलो लगाउनेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी

लसुन खेतीबाट राम्रो आम्दानी लिँदै किसान 

दोलखा– जिल्लाका किसानहरू लसुन लगायतका नगदे खेतीबाट राम्रो आम्दानी लिन