लागुऔषध खैरो हेरोइनसहित एक पक्राउ « Khabarhub

लागुऔषध खैरो हेरोइनसहित एक पक्राउ


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अवैध लागूऔषध सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

टोखा नगरपालिका–८ रमणबस्ती बाट २५.२ ग्राम अवैध लागूऔषध खैरो हेरोइन र २३ लाख ५० हजार रुपैयाँ सहित  धादिङका मनिष भन्ने ३१ वर्षीय दुर्गा सिं तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा रमणबस्ती आवास क्षेत्र गेट अगाडि सडकबाट दुर्गा सिंलाई ६ ग्राम अवैध लागूऔषध खैरो हेरोइन र नगद १० हजार रुपैयाँ सहित फेला पारी पक्राउ गरेको थियो ।

साथै घटनाको अनुसन्धानको क्रममा उनको डेराबाट थप १९.२ ग्राम अवैध लागूऔषध खैरो हेरोइन र नगद २३ लाख ४० हजार रुपैयाँ बरामद गरेको जनाएको छ ।

दुर्गा सिंमाथि लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले बनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ४ : २७ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।