ओमानमा नयाँ प्रजातिको कोरोना देखिएसँगै ‘सामूहिक भेला’ हुन प्रतिबन्ध « Khabarhub

ओमानमा नयाँ प्रजातिको कोरोना देखिएसँगै ‘सामूहिक भेला’ हुन प्रतिबन्ध


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– बेलायतमा देखिएको नयाँ प्रजातिको कोरोना ओमानमा पनि देखिएको छ ।

नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै ओमान सरकारले सामूहिकरुपमा भेला हुन प्रतिबन्ध लगाएको छ ।

त्यहाँ कोरोनाको अनुगमन मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीको पछिल्लो निर्णयानुसार ओमानमा संक्रमणबाट जोगिन थप सतर्कता अपनाउने सम्बन्धी केही निर्देशनहरू जारी गरेको नेपाली दूतावासले जनाएको छ ।

जसअन्तर्गत सामुहिकरूपमा भेला हुने तथा सामाजिक कार्यहरूमा जमघट हुने कार्यमा पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ।

दूतावास एक सूचना जारी गर्दै ओमानमा रहेका नेपालीहरुलाई स्वास्थ्य मापदण्डका निर्देशन पालना गर्न अनुरोध गरेको छ ।

यस विषयमा थप बुझ्नु परेमा दूतावासको सम्पर्क नम्बर २४६९६१७७ २४६९६८८३ र हटलाइन नम्बर ७१५९२४९० मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म ओमानमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या १ लाख ३३ हजार ७२८ पुगेको छ । उपचारपछि निको हुनेको सङ्ख्या १ लाख २६ हजार ५७२ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १ हजार ५२७ रहेको छ ।

ओमानमा कोरोना खोप (भ्याक्सिन) लगाउने कार्य जारी रहेको छ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  १० : १२ बजे

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको

इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विशाल प्राकृतिक ग्यास

लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट १५

शपथको अन्योलबीच पोखरामा पुस्तक बेच्दै महावीर : भन्छन्- “मेयर साहब, गाह्रो नमानी दिनुहोला”

पोखरा– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट भारी

काठमाडौँमा बहुगन्तव्य शैक्षिक मेला हुने

काठमाडौँ– उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै