ओमानमा नयाँ प्रजातिको कोरोना देखिएसँगै ‘सामूहिक भेला’ हुन प्रतिबन्ध « Khabarhub

ओमानमा नयाँ प्रजातिको कोरोना देखिएसँगै ‘सामूहिक भेला’ हुन प्रतिबन्ध


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– बेलायतमा देखिएको नयाँ प्रजातिको कोरोना ओमानमा पनि देखिएको छ ।

नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै ओमान सरकारले सामूहिकरुपमा भेला हुन प्रतिबन्ध लगाएको छ ।

त्यहाँ कोरोनाको अनुगमन मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीको पछिल्लो निर्णयानुसार ओमानमा संक्रमणबाट जोगिन थप सतर्कता अपनाउने सम्बन्धी केही निर्देशनहरू जारी गरेको नेपाली दूतावासले जनाएको छ ।

जसअन्तर्गत सामुहिकरूपमा भेला हुने तथा सामाजिक कार्यहरूमा जमघट हुने कार्यमा पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ।

दूतावास एक सूचना जारी गर्दै ओमानमा रहेका नेपालीहरुलाई स्वास्थ्य मापदण्डका निर्देशन पालना गर्न अनुरोध गरेको छ ।

यस विषयमा थप बुझ्नु परेमा दूतावासको सम्पर्क नम्बर २४६९६१७७ २४६९६८८३ र हटलाइन नम्बर ७१५९२४९० मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म ओमानमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या १ लाख ३३ हजार ७२८ पुगेको छ । उपचारपछि निको हुनेको सङ्ख्या १ लाख २६ हजार ५७२ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १ हजार ५२७ रहेको छ ।

ओमानमा कोरोना खोप (भ्याक्सिन) लगाउने कार्य जारी रहेको छ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  १० : १२ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक

तनहुँ – तनहुँको देवघाट गाउँपालिका–५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशुली

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर