जापानले यसरी गरेको थियो भूकम्पले भत्किएको बीपी राजमार्ग पुनःनिर्माण (फोटोफिचर) « Khabarhub

जापानले यसरी गरेको थियो भूकम्पले भत्किएको बीपी राजमार्ग पुनःनिर्माण (फोटोफिचर)


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले बीपी राजमार्गअन्तर्गत पाँच खण्डको पुनःनिर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गरेको छ ।

जाइकाको आर्थिक सहयोगमा निर्माण भएको राजमार्गमा विभिन्न खण्डमा भूकम्पले क्षति पुर्‍याएकाले जाइकाले पुनःनिर्माण गरेको थियो । जाइकाले भर्चुअल कार्यक्रममार्फत आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई उक्त सडक हस्तान्तरण गरेको हो ।

भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङले नेपालको विकास निर्माणमा जापान पुरानो साझेदार रहेको बताए । नेपालको ऊर्जा, यातायात, खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य, शान्ति स्थापना र कृषि क्षेत्रमा जापान सरकारको योगदान अतुलनीय रहेको उनले बताए ।

उनले नेपालको विकासमा जापानको सहयोगको प्रशंसा गरे । उनले भने, “नेपालको विकास र समृद्धिको चाहाना पूरा गर्न यहाँको दूतावासले पनि समन्वय गरिरहेको छ ।”

नेपालका लागि जापानी राजदूत मासामिची साइगोले नेपाल र जापानबीच गहिरो मित्रता रहेको उल्लेख गर्दै नेपालको विकासमा जापान सरकारको साथ निरन्तर रहने बताए ।

राजधानीलाई पूर्वी तराईसँग जोड्ने १६० किलोमिटर लम्बाइको बिपी राजमार्ग जाइकाले सन् १९९६ मा निर्माण शुरु गरेको थियो । सन् २०१५ मार्चमा सम्पन्न गरी सडक नेपाललाई हस्तान्तरण गरेको थियो ।

हस्तान्तरण गरेको दुई महिना नबित्दै विसं २०७२ मा गएको भूकम्पका कारण पाँच ठाउँमा क्षति पुगेको थियो । भूकम्पपछिको पुनःनिर्माण पनि जापानले नै जिम्मा लिएको थियो ।

बिपी राजमार्गको पुनःनिर्माण सन् २०१९ जुलाई ३ मा जापानिज निर्माण कम्पनीले शुरु गरेको थियो । करीब १८ महिनामा निर्माण सम्पन्न भएको थियो । पुनःनिर्माणमा गिटी, बालुवाबाहेक अधिकांश निर्माण सामग्री र प्रविधि जापानबाट नै ल्याइएको थियो ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  १० : ३० बजे

अन्तरनिकाय समन्वय नहुँदा खानेपानी लाइनमा छ करोड ५९ लाख बराबरको क्षति

काठमाडौं– सरकारी निकायबीच एक आपासमा समन्वय नगरी काम गर्दा काठमाडौँ

बाजुरा र हुम्लाको सीमाको अध्ययन गर्न समिति गठन

काठमाडौं– सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्ष अध्ययन

‘बहाल-बहिल’ संस्कृतिको पुनरूत्थानमा काव प्रमुख डङ्गोलको प्रतिबद्धता

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बौद्ध परम्परामा आधारित

उद्योगमन्त्रीले भनिन्- हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद, अब सरकारले चलाउँछ

बागमती– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक

कान्स अवार्ड जित्ने फिल्मको टोलीलाई सरकारले सम्मान गर्ने

काठमाडौं – कान्स चलचित्र महोत्सवमा दोस्रो महत्त्वपूर्ण प्रतिस्पर्धामा ‘अन सर्टेन