इन्टरनेट सेवा प्रभावकारी बनाउन मन्त्री गुरुङको आग्रह (भिडियोसहित) « Khabarhub

इन्टरनेट सेवा प्रभावकारी बनाउन मन्त्री गुरुङको आग्रह (भिडियोसहित)


१५ माघ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले इन्टरनेट सेवा प्रभावकारी बनाउनपर्नेमा जोड दिएका छन।

सिंहदरबारमा आज इन्टरनेट सेवा प्रदायकहरुसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले मुलुकको कुनै पनि भूगोलमा ईन्टरनेट सेवा सहज पहुँच गराउनेतर्फ ध्यान दिन आग्रह गरे । उनले इन्टरनेटको सेवाप्रति गुनासो आइरहेको स्मरण गर्दै गाउँगाउँमा ईन्टरनेटको पहुँचलाई प्रभावकारी र सर्वसुलभ बनाउनेतर्फ ध्यान दिन आग्रह गरे ।

यसका लागि आवश्यक सहयोग गर्न सकार तयार रहेको उनले प्रतिबद्धता जनाए । मन्त्री गुरुङले डिजिटल फ्रेमवर्क र नागरिक एपको प्रभावकारिताका लागि सबैको पहल जरुरी रहेको बताए ।

उनले एक अर्कामा आरोप प्रत्यारोपमा नभई सकारात्मक ढङ्गबाट समिक्षा गर्दै अघि बढ्नका लागि पनि यो समन्वय बैठक डाकिएको बताए ।

मन्त्रालयकोतर्फबाट गर्नुपर्ने कामको बारेमा आवश्यक सुझाव दिन पनि मन्त्री गुरुङले आग्रह गरे । उनले ईन्टरनेट सेवा प्रदायक कम्पनीको अभिलेखिकरण गर्नु आवश्यक भएको औँल्याएका थिए ।

“ग्रामिण क्षेत्रमा ईन्टरनेटबाटै कसरी शिक्षा लिन सक्छन् भन्नेमा ध्यान दिनुपर्छ, हिमाली र पहाडी क्षेत्रमा बालबालिका शिक्षाबाट बञ्चित भएका छन्, समयमै इन्टरनेट पुर्‍याउन सके प्रभावकारी हुनेछ, त्यसतर्फ सबैको ध्यान पुगोस्”, मन्त्री गुरुङले भने ।

हेरौँ भिडियो

सो क्रममा ईन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुले समन्वयमा मात्रै समस्या समाधान गर्न सकिने बताउँदै यसका लागि सरकारले दिने सेवा सुविधा बढाउँदै करमा छुट गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  १० : ४५ बजे

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी