रेडपाण्डाको छालासहित ३ पक्राउ « Khabarhub

रेडपाण्डाको छालासहित ३ पक्राउ


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– प्रहरीले दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित तीन जनालाई पक्राउ गरेको छ ।

बाँकेको कोहलपुर नगरपालिका-१२, चप्परगौरीस्थित एक होटेलबाट दुईथान रेडपाण्डाको छालासहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सुर्खेतको भेरीगंगा नगरपालिका-१० बस्ने ४० वर्षीय दलबहादुर शाही, जाजरकोटको जुनिचाँदी गाउँपालिका-११ बस्ने ४२ वर्षीय धनबहादुर शाही र सल्यानको बनगाड कुपिन्डेदह नगरपालिका-४ बस्ने ३३ वर्षीय भरतबहादुर पुन रहेका छन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्युरो टोली र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको संयुक्त प्रहरीले होटेलको ११३ नं.कोठामा बसेका उनीहरूलाई झोलामा लुकाइराखेको उक्त छालासहित फेला पारी पक्राउ गरेको हो ।

थप अनुसन्धान तथा कारबाहीको लागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ११ : ०३ बजे

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र