सार्वभौमिकताको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने भारतीय विदेश मन्त्रालयको भनाइ « Khabarhub

सार्वभौमिकताको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने भारतीय विदेश मन्त्रालयको भनाइ


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– चीनले भारतसँगको सीमा क्षेत्रमा पूर्वाधार निर्माण कार्य विस्तार गरिरहेको भन्दै भारतले आफ्नो क्षेत्रीय अखण्डता र सार्वभौमिकताको रक्षा गर्ने बताएको छ ।

भारतको उत्तरपश्चिमी राज्य अरुणाञ्चल प्रदेश नजिकै सीमा क्षेत्रमा चीनले भौतिक निर्माणकार्य अघि बढाइरहेको भारतीय विदेश मन्त्रालयले जनाएको हो।

सीमा क्षेत्रमा चीनले गर्ने हरेक गतिविधि भारतले सुक्ष्म निगरानी गरिरहेको भन्दै आफ्नो क्षेत्रीय अखण्डता र सार्वभौमिकताको रक्षा गर्ने विदेश मन्त्रालयले जनाएको छ।

धेरै वर्षयता चीनले सीमा क्षेत्रमा यस्ता निर्माण कार्य गर्दै तनाब उत्पन्न भएको मन्त्रालयले बताएको छ । भारतले अरुणाञ्चल प्रदेश नजिक सीमा क्षेत्रहरुमा सडक, पुल जस्ता पूर्वाधार निर्माणका कार्यहरु बिस्तार गरी स्थानियलाई सहज बनाएको विदेश मन्त्रालयले जनाएको हो ।

सीमाक्षेत्रका स्थानीयका लागि आवश्यक पूर्वाधारहरु उपलब्ध गरी दैनिक जनजीवन सुधार गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको पनि मन्त्रालयले जनाएको छ।

यसअघि अरुणाञ्चल प्रदेशको सीमा क्षेत्र नजिकै चीनले तीन वटा नयाँ गाउँहरु निर्माण गरेका कारण भारतको लद्दाख क्षेत्रमा आठ महिनायता दुई देशबीच तनाव जारी छ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  १० : ०७ बजे

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको