चीनको खोप असुरक्षित रहेको दाबी « Khabarhub

चीनको खोप असुरक्षित रहेको दाबी


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिंगापुर– चीनमा उत्पादित कोभिड–१९ विरुद्धको साइनोफार्म खोप सबैभन्दा असुरक्षित भएको दाबी गरिएको छ ।

साइनोफार्म खोपको हालसम्म ७३ वटा प्रतिकूल असर देखिएको भन्दै चिनियाँ खोप विशेषज्ञ ताव लिनाले यसलाई सबैभन्दा असुरक्षित खोपको संज्ञा दिएका हुन।

७९.३४ प्रतिशत प्रभावकारी भनिएको साइनोफार्म खोपको हाते पुस्तिका अध्ययन गर्दा आफू त्रसित भएको उनको भनाइ छ । खोप लागाउँदा टाउको दुख्ने, रक्तचाप बढ्ने, दृश्यशक्ति गुम्ने, स्वाद हराउने, राजस्वला ढिला हुने जस्ता सम्भावित प्रतिकूल असर हुने साइनोफार्मको हाते पुस्तिकामा उल्लेख भएको उनले बताए ।

खोपमा धेरै संभावित प्रतिकूल असर हुने खोप खतरा र असुरक्षित भएको उनले बताए। अहिलेसम्म उत्पादन भएका विश्वका कुनैपनि खोप यति असुरक्षित नभएको खोप विशेषज्ञ तावले बताए ।

सन् २०२० डिसेम्बर अन्तिममा चीन सरकाले साइनोफार्मलार्इ शर्तसहित अनुमोदन गरेको थियो । तावले ४८ लाख भन्दा बढी फलोअर्स भएको आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेको उक्त भनाइले कानुनको उल्ल्घन गरेको भन्दै चिनियाँ सरकारी निकायले हटाइदिएको छ ।

 

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  १० : २० बजे

 शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक-विद्यार्थी पुरस्कृत

खोटाङ– ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न

दाङ– लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न

विश्वकै ठूलो रियल-इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो, संस्थापकलाई जन्मकैद

बेइजिङ‍- चीनको विशाल रियल-इस्टेट कम्पनी ‘एभरग्रान्ड’को टाट पल्टिएको छ ।

बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू)

काठमाडौं– भदौको सुरूआतसँगै बजारमा हरितालिका तीजको माहौल देखिन थालेको छ ।

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई राष्ट्रिय