मलेसियामा अनलाइनबाटै दूतावासमा गुनासो टिपाउन सकिने « Khabarhub

मलेसियामा अनलाइनबाटै दूतावासमा गुनासो टिपाउन सकिने


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर– कोरोना लगायत विभिन्न कारणले समस्यामा परेका नेपाली श्रमिकहरुलाई मध्यनजर गर्दै त्यहाँस्थित नेपाली दूतावासले अबदेखि अनलाइनबाटै दूतावासमा आफ्नो समस्या र गुनासो टिपाउन सकिने व्यवस्था गरेको छ ।

दूतावासको वेबसाइटमा गएर श्रमिक गुनासो भन्ने फाइलमा गइ गुनासो राख्न सकिने जनाएको छ । श्रमिकले आफ्नो नाम र पासपोर्ट नम्बर, आफ्नो सम्पर्क नम्बर, रोजगारदाता कम्पनीको नाम राखेसँगै आफूलाई आईपरेको समस्या उल्लेख गर्न दूतावासले अनुरोध गरेको छ ।

गुनासो राखेपछि दूतावासले गुनासो राख्ने सम्बन्धित व्यक्तिलाई सम्पर्क गरी समस्याको समाधान गर्ने दूतावासले जनाएको छ । यस्तै दूतावासले उपलब्ध गराएको इमेल आईडीमार्फत पनि आफ्ना समस्या वा गुनासो राख्न सकिनेछ ।

यसका लागि दूतावासको इमेल [email protected] र [email protected] मार्फत पनि आफ्ना गुनासा राख्न सकिने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ४ : ०५ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार