मलेसियामा अनलाइनबाटै दूतावासमा गुनासो टिपाउन सकिने « Khabarhub

मलेसियामा अनलाइनबाटै दूतावासमा गुनासो टिपाउन सकिने


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर– कोरोना लगायत विभिन्न कारणले समस्यामा परेका नेपाली श्रमिकहरुलाई मध्यनजर गर्दै त्यहाँस्थित नेपाली दूतावासले अबदेखि अनलाइनबाटै दूतावासमा आफ्नो समस्या र गुनासो टिपाउन सकिने व्यवस्था गरेको छ ।

दूतावासको वेबसाइटमा गएर श्रमिक गुनासो भन्ने फाइलमा गइ गुनासो राख्न सकिने जनाएको छ । श्रमिकले आफ्नो नाम र पासपोर्ट नम्बर, आफ्नो सम्पर्क नम्बर, रोजगारदाता कम्पनीको नाम राखेसँगै आफूलाई आईपरेको समस्या उल्लेख गर्न दूतावासले अनुरोध गरेको छ ।

गुनासो राखेपछि दूतावासले गुनासो राख्ने सम्बन्धित व्यक्तिलाई सम्पर्क गरी समस्याको समाधान गर्ने दूतावासले जनाएको छ । यस्तै दूतावासले उपलब्ध गराएको इमेल आईडीमार्फत पनि आफ्ना समस्या वा गुनासो राख्न सकिनेछ ।

यसका लागि दूतावासको इमेल [email protected] र [email protected] मार्फत पनि आफ्ना गुनासा राख्न सकिने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ४ : ०५ बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको