यी हुन् नपुंसकले ध्यान दिनुपर्ने कुराहरु « Khabarhub

यी हुन् नपुंसकले ध्यान दिनुपर्ने कुराहरु


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पुरुषको लिङ्गको उत्तेजना या उत्थानको शक्ति नष्ट भएर सम्भोग गर्नमा असमर्थ हुन्छ भने त्यस्तो समस्यालाई नपुंसक भनिन्छ ।

नपुंसक मुख्य गरी दुई कारणले हुने गर्छ — मानसिक र शारीरिक । मानसिक कारणमा— क्रोध, डर, चिन्ता, व्यथा, शोक आदि ।

शोकमा मानसिक तनाव हुन्छ । त्यसै कारण लिङ्गमा पूरा रक्त संचार नभएर यो ठूलो र कडा हुँदैन । यसले अस्थायी नपुंसकता उत्पन्न हुन्छ जसको उपचार मनोवैज्ञानिक ढङ्गले गर्न सकिन्छ ।

नपुंसकताको शारीरिक कारणमा लिङ्गको विकास नुहुनु, अति मैथुन, अप्राकृतिक मैथुन, हस्तमैथुन, लिङ्गमा चोट या आघात लाग्नु, मधुमेह, सिफलिस, गाइनोरिया, वीर्य वेग रोक्नु, उच्च रक्तचाप, धेरै रक्सी र चुरोट खानु, हार्मोन्सको कमी, मोटो हुनु, लिङ्गको नशामा रक्तप्रवाहको कमी, तमाखु, अफिम, भाँग, चरेस जस्तो मादक पदार्थको सेवन आदि हुन् ।

निवारणका लागि ध्यान दिनुपर्ने कुराहरु

— पाचन क्रिया ठीक राख्ने

— सेक्स सम्बन्धमा प्रमाणित जानकारी लिने ।

— आत्मविश्वास बढाउने ।

— संभोग क्रियामा निश्चिन्त भएर प्रशन्न चित्त लिएर ममा पर्याप्त शक्ति छ भन्ने आत्मविश्वास लिने ।

—           संभोगको लागि एकान्त, शान्त, सुरक्षित कोठाको छनोट गर्ने जहाँ कुनै प्रकारको चिन्ता, डरले नसताओस् ।

—           सेक्स सम्बन्ध राख्दा श्रीमतीको पूरा सहयोग लिनुपर्छ ।

साभार : ‘स्वास्थ्य समस्या र समाधान’ पुस्तकबाट

 

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ५ : ४५ बजे

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको