यी हुन् नपुंसकले ध्यान दिनुपर्ने कुराहरु « Khabarhub

यी हुन् नपुंसकले ध्यान दिनुपर्ने कुराहरु


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पुरुषको लिङ्गको उत्तेजना या उत्थानको शक्ति नष्ट भएर सम्भोग गर्नमा असमर्थ हुन्छ भने त्यस्तो समस्यालाई नपुंसक भनिन्छ ।

नपुंसक मुख्य गरी दुई कारणले हुने गर्छ — मानसिक र शारीरिक । मानसिक कारणमा— क्रोध, डर, चिन्ता, व्यथा, शोक आदि ।

शोकमा मानसिक तनाव हुन्छ । त्यसै कारण लिङ्गमा पूरा रक्त संचार नभएर यो ठूलो र कडा हुँदैन । यसले अस्थायी नपुंसकता उत्पन्न हुन्छ जसको उपचार मनोवैज्ञानिक ढङ्गले गर्न सकिन्छ ।

नपुंसकताको शारीरिक कारणमा लिङ्गको विकास नुहुनु, अति मैथुन, अप्राकृतिक मैथुन, हस्तमैथुन, लिङ्गमा चोट या आघात लाग्नु, मधुमेह, सिफलिस, गाइनोरिया, वीर्य वेग रोक्नु, उच्च रक्तचाप, धेरै रक्सी र चुरोट खानु, हार्मोन्सको कमी, मोटो हुनु, लिङ्गको नशामा रक्तप्रवाहको कमी, तमाखु, अफिम, भाँग, चरेस जस्तो मादक पदार्थको सेवन आदि हुन् ।

निवारणका लागि ध्यान दिनुपर्ने कुराहरु

— पाचन क्रिया ठीक राख्ने

— सेक्स सम्बन्धमा प्रमाणित जानकारी लिने ।

— आत्मविश्वास बढाउने ।

— संभोग क्रियामा निश्चिन्त भएर प्रशन्न चित्त लिएर ममा पर्याप्त शक्ति छ भन्ने आत्मविश्वास लिने ।

—           संभोगको लागि एकान्त, शान्त, सुरक्षित कोठाको छनोट गर्ने जहाँ कुनै प्रकारको चिन्ता, डरले नसताओस् ।

—           सेक्स सम्बन्ध राख्दा श्रीमतीको पूरा सहयोग लिनुपर्छ ।

साभार : ‘स्वास्थ्य समस्या र समाधान’ पुस्तकबाट

 

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ५ : ४५ बजे

चार लाखभन्दा बढीका चोरीका गरगहनासहित महिला पक्राउ

वीरगञ्ज – चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका गरगहनासहित

भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

सुनसरी– धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा– हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका