चैत २७ देखि अन्तर्राष्ट्रिय गणित सम्मेलन हुँदै « Khabarhub

चैत २७ देखि अन्तर्राष्ट्रिय गणित सम्मेलन हुँदै


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी चैत २७ देखि २९ सम्म अन्तर्राष्ट्रिय गणित सम्मेलन हुने भएको छ ।

नेपाल गणित समाजको आयोजनामा पहिलो पटक अन्तर्राष्ट्रिय गणित सम्मेलन हुन लागेको हो । सम्मेलनमा शुद्ध एबम् प्रायोगिक गणित अन्तर्गतका २३ विधाहरु समेटिएका छन् ।

हालसम्म इटली, मोरक्को, बंगलादेश, भारत लगायत करिब २० वटा देशहरुबाट गणितविज्ञ तथा शोधार्थीहरुले आफ्ना शोधकार्य प्रस्तुतीकरण गर्नका लागि आबेदन दिएका छन् ।

सम्मेलनमा नेपाली गणितज्ञ तथा शोधकर्ताहरुलाई सहभागी गराउने लक्ष्य राखिएको छ । गणितीय विधाको अनुसन्धानमा सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको गणित समाजका सचिव डा.दीनेश पन्थीले जानकारी दिए ।

सम्मेलनबाट गणित विधामा विश्वव्यापीरुपमा भईरहेको अध्ययन अनुसन्धानका बारेमा नेपाली गणितज्ञ परिचित हुने र देश भित्र भइरहेका अध्ययन अनुसन्धानका बारेमा अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने सम्मेलनको उद्देश्य रहेको छ ।

सम्मेलनमा पाँच वटा ख्याति प्राप्त गणितज्ञका प्लेनरी कार्यपत्र प्रस्तुत गरीने तयारी छ । २५ वटा आमन्त्रित कार्यपत्र पेश हुनेछन् । स्वदेश तथा विदेश गरी करिब एक सय २० वटा अनुसन्धानात्मक कार्यपत्र पेश गरिने बताइएको छ ।

करिब २५० जना गणितज्ञको सहभागिता हुने अनुमान गरिएको छ । अनलाइन जूम माध्यमबाट इन्टरनेशनल कन्फेरेन्स अन एनालाइसिस एन्ड इट्स एप्लिकेसन्श– २०२१ नामक अन्तर्राष्ट्रिय गणित सम्मेलन आयोजना गर्न लागिएको हो ।

पत्रकार सम्मेलनमा गणित समाजका अध्यक्ष प्रा.डा.चेतराज भट्टले सम्मेलनले गणित विधाको अनुसन्धानमा अग्रणी भूमिका निर्वाह गर्ने बताए ।

काठमाडौँ विश्वविद्यालयका डिन एबम् सम्मेलन साइन्टिफीक कमिटीका अध्यक्ष प्रा.डा. कन्हैया झा, त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्याथमेटिकल साइन्सका कार्यकारी निर्देशक प्रा.डा. नारायणप्रसाद पहारी, गणित समाजका कोषाध्यक्ष अजयकुमार चौधरी, गणित समाजका केन्द्रीय सदस्य हरिप्रपन्न कँडेललगायतले गणित सम्मेलनबारे बताएका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ११ : ५४ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६