यस्तो छ लुतोको घरेलु उपचार « Khabarhub

यस्तो छ लुतोको घरेलु उपचार


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शरीरमा स–साना दानाहरू हुन्छन्, तिनीहमा कमिलाले टोकेजस्तै चटचट छाला चट्किन्छ । व्यक्तिले त्यसलाई हातले या नङले कन्याउँछ । कहिलेकाहीँ रगत पनि निस्किन्छ । यसलाई नै लुतो भनिन्छ ।

कन्याउँदा छाला रातो हुन्छ एवं कहिलेकाहीँ पिप पनि आउँछ । विशेष गरी पसिना बढी आउनु, फोहरमा रहनु, सरफ र साबुनको प्रयोग बढी गर्नु, पेटमा किरा हुनु, धूलो एवं हावा या गर्मीबाट एलर्जी हुनु, पाचन विकार हुनु आदि कारणबाट लुतो हुने गर्छ ।

घरेलु उपचार

—     ३ ग्राम जिरा र १५ ग्राम सिन्दूरलाई पिसेर सरसिउँको तेलमा पकाएर लेप लगाउनाले लुतो ठीक हुन्छ ।

—     सिधेनुन, पवारी (एक प्रकारको झार) को बीउ सरसिउँ र पिप्पलीलाई मसिनो पिसेर लेप लगाउनाले लुतो ठीक हुन्छ ।

—पारो र अमलासार गन्धकको धूलो, नीलोतुथो, बेसार, मेहेन्दी, कुट्की, अजवायन र मालकंगनी

— यी सबैको चूर्ण र घिउमा पगालेको मैन यी सबै चीजहरुलाई गाईको घीउमा एक दिनसम्म घोटेर लगाउनाले लुतो ठिक हुन्छ ।

—     सरसिउँको तेलमा आँकको पातको रस र बेसार हाल्नुहोस् र जब सिद्ध हुन्छ तब उतारेर छान्नुहोस् यो तेल लगाउनाले लुतो ठिक हुन्छ ।

—     दिसासँग निस्कने सेता कीराहरुको कारणले हुने चिलाइमा अजवायन, वायुविडङ्ग एवं कचूरलाई पिसेर त्यसको चूर्ण सखरसँग खानाले किरा दिसाबाट निस्किन्छ, जसले गर्दा चिलाउने हट्छ ।

साभार- घरेलु आयुर्वेदिक उपचार’ पुस्तकबाट

 

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ११ : ३३ बजे

अनपेक्षित थिएन कप्तानगञ्ज घटना, कहाँ चुक्यो सुरक्षा संयन्त्र ?

काठमाडौं– सुनसरी जिल्लाको सुदूर दक्षिणी भेगमा धेरै गञ्जहरू छन् ।

डिजिटल प्रणालीमार्फत १७३ कर्मचारीको सरुवा

काठमाडौं– सरकारद्वारा जारी गरिएको अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमार्फत हालसम्म

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

काठमाडौं–  राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज केन्द्रीय

भारतको साढे सात करोड सहयोगमा दार्चुलामा विद्यालय भवन निर्माण सुरू

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न गगनको माग, संयम अपनाउन अपिल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा