सेनाप्रमुख हटाउने आर्मेनियाका प्रधानमन्त्रीको निर्णयमा राष्ट्रपतिको असहमति « Khabarhub

सेनाप्रमुख हटाउने आर्मेनियाका प्रधानमन्त्रीको निर्णयमा राष्ट्रपतिको असहमति


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

येरेभान(एएनआई)- आर्मेनियाका राष्ट्रपतिले सेनाप्रमुख हटाउने प्रधानमन्त्रीको सिफारिसलाई अस्वीकार गरेका छन् ।

सेना प्रमुखलाई बर्खास्त गर्ने प्रधानमन्त्री निकोल पाशिन्यानको सिफारिसलाई राष्ट्रपति अर्मेन सर्गस्यानले अस्वीकार गरेका हुन् ।

देशको संविधान, राष्ट्रिय सुरक्षा, स्थिरतालगायतलाई जोगाउनु राष्ट्रपतिको दायित्व भएकाले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति सर्गस्यानले हस्ताक्षर नगर्नु भएको हो, राष्ट्रपति कार्यालयका एक अधिकारीले भनेका छन् ।

सुरक्षा निकायको बारेमा पनि राष्ट्रपतिको विशेष जिम्मेवारी हुने र त्यसलाई नकारात्मक असर पर्न नदिनेतर्फ राष्ट्रपति उभिनु उनको दायित्व भएको राष्ट्रपति निकटस्थहरुको भनाइ छ ।

प्रधानमन्त्री पाशिन्यानले सेनाप्रमुख ओनिक गास्पार्यानसहित केही उच्च सैन्य अधिकारीहरुलाई अघिल्लो हप्ता बर्खास्त गर्न सिफारिस गरेका थिए ।

सेना प्रमुख सहितका वरिष्ठ सैन्य अधिकारीहरुले प्रधानमन्त्री पाशिन्यानले राजीनामा दिनुपर्ने माग गर्दै वक्तव्य जारी गरेका थिए । तर प्रधानमन्त्रीले सैनिक नेतृत्वबाट आएको वक्तव्यलाई ‘सैन्य कु’ को संज्ञा दिएका थिए ।

आफूले सेनाप्रमुखलाई बर्खास्त गरेको उनले सामाजिक सञ्जाल फेसबुकमा पनि लेख्नेका थिए । सेनाले सरकारको अपेक्षा र हित विपरीत काम गरेको र चित्तबुझ्दो भूमिका नभएको उनको भनाइ  थियो ।

आर्मेनिया र अजरबैजानबीच लामो समयदेखि दुई पक्षीय द्वन्द्व चल्दै आएको छ । त्यसमा पनि सेनाप्रमुखले प्रभावकारी भूमिका खेल्न नसकेको प्रधानमन्त्रीको आरोप छ ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  १ : ३२ बजे

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा