अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति, एक डोज मात्र लगाए पुग्ने « Khabarhub

अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति, एक डोज मात्र लगाए पुग्ने


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– कोरोनाभाइरसको संक्रमणबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकाले जोन्सन एण्ड जोन्सनले विकास गरेको खोपलाई शनिबार आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले तेस्रो खोपलाई अनुमति दिएको बताउँदै कोभिड–१९ विरुद्धको संघर्ष अझै समाप्त भइनसकेको बताए ।

अमेरिकाले यसअघि फाइजर र मोडर्नाले विकास गरेका खोप प्रयोगमा ल्याइसकेको छ ।

राष्ट्रपति बाइडेनले जारी गरेको विज्ञप्तिमा जोन्सन कम्पनीले विकास गरेको खोप सफल देखिएकोमा सबै अमेरिकी खुशी भएको बताउँदै कोरोनाभाइरसले सिर्जना गरेको सङ्कट समाधान गर्न हामी सबैलाई यस समाचारले उत्साहित गरेको उल्लेख छ ।

एक डोज मात्र लगाए पुग्ने जोन्सनको खोप गम्भीर प्रकृतिको कोभिड–१९ रोकथाम गर्न पनि सफल हुने दाबी गरिएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोभिड–१९ को नयाँ स्वरुपलाई पनि रोकथाम गर्न जोन्सनको खोप प्रभावकारी देखिएको जनाएको छ ।

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले १९ खर्ब डलरको कोभिड–१९ राहत प्याकेज पारित गरेसँगै जोन्सनको खोपले पनि अमेरिकी एफडीएबाट स्वीकृति पाएको छ ।

यस राहत प्याकेजमा खोप आपूर्ति र ढुवानी गर्ने, विद्यालय पुनः खोल्ने तथा स्थानीय सरकारलाई थप राहत दिने लगायत आर्थिक संकटबाट जुधिरहेका अमेरिकीलाई सोझै १४०० डलर राहत दिने कुरा समेटिएको छ ।

यो प्रस्तावलाई अब सिनेटले पारित गर्नु पर्नेछ । अमेरिकी प्रशासनले कोभिड विरुद्ध जुध्न यसअघि पनि २२ खर्ब डलरको आर्थिक राहत प्याकेज स्वीकृत गरिसकेको छ ।

अमेरिकामा कोभिड–१९ को संक्रमणबाट हालसम्म झण्डै पाँच लाख व्यक्तिको ज्यान गइसकेको छ । शनिबार पछिल्लो २४ घण्टामा मात्र अमेरिकामा एक हजार ८४९ जनाको ज्यान गएको थियो ।

यसैबीच, युरोपेली मुलुकहरुमा कडा लकडाउन गरिएका छन् । फ्रान्समा अझ कडा लकडाउन गरिएको छ ।

बेलायतमा यसै महिनाको शुरुमा १०० वर्षीय पूर्व योद्धा टम मूरको कोरोनाभाइरस संक्रमणकै कारण निधन भएको छ । उनले गत वर्ष कोभिड–१९ का कारण स्वास्थ्य संस्थाका लागि चार करोड ५० लाख अमेरिकी डलर चन्दा संकलन गरेर रेकर्ड बनाएका थिए ।

–एएफपी

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ४ : ४७ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै, नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।

विश्वकप लिग-२ : खराब लयमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

यी प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौँ – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै : प्रमुख विषय सुनसरी घटना

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी