भागरथी हत्या प्रकरण: दिनेशको डिएनए काठमाडौं पठाइयो « Khabarhub

भागरथी हत्या प्रकरण: दिनेशको डिएनए काठमाडौं पठाइयो


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– बैतडीकी १७ वर्षीया किशोरीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दिनेश भट्टको डीएनए काठमाडौं पठाइएको छ । उनको डीएनए परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको हो ।

परीक्षणका लागि रगत लगायत आवश्यक वस्तु काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार केही दिनमा परीक्षण रिपोर्ट आउने र त्यसपछि अनुसन्धानमा थप सहयोग पुग्नेछ । प्रहरीले प्रारम्भिक बयानमा दिनेशले बलात्कार गरेको स्वीकार गरिसकेको बताएको छ ।

यसअघि भागरथीको भेजाइनल स्वाब पनि प्रयोगशाला पठाइए पनि परीक्षण रिपोर्ट भने अझै आएको छैन ।

गत माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नपुगेपछि आफन्तले खोजी गरेका थिए । खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जंगलमा उनको शव फेला परेका थियो ।

घटनामा संलग्न रहेको आरोपमा गत प्रहरीले फागुन ५ गते दिनेशलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ५ : ०३ बजे

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी