१० अर्ब लागतमा बन्ने कालङ्गा जलविद्युत् आयोजनाको ९० प्रतिशत सम्पन्न « Khabarhub

१० अर्ब लागतमा बन्ने कालङ्गा जलविद्युत् आयोजनाको ९० प्रतिशत सम्पन्न


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ– निजी क्षेत्रको लगानीमा निर्माण भईरहेको सुदुरपश्चिम प्रदेशको सबैभन्दा ठूलो कालङ्गा जलविधुत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

बझाङको बुङ्गल नगरपालिकामा निर्माणाधिन ६५ मेघावाट क्षमताको कालङ्गा जलविद्युत् आयोजनाको ९० प्रतिशत् निर्माण सकिएको छ ।

झण्डै रु १० अर्ब लागत अनुमान गरिएको आयोजनाको ३८.४६ मेघावाटको अपर कालङ्गाको जलविधुत् आयोजनाको ८.७ किलोमिटर, १५.३३ मेघावाटको कालङ्गा जलविधुत् आयोजनाको ३.४ किलोमिटर र १०.०७ मेघावाट क्षमताको सानीगाड जलविधुत् आयोजनाको २.९ किलोमिटर सुरुङ निमार्णको काम सकिएको छ ।

१५.३३ मेगावाट क्षमताको आयोजनाको इन्टेक, सुरुङ, पेनस्टक, पाइप जडान र विद्युतगृह निर्माण सकिएको छ । ९० प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले यही चैतमा विद्युत् उत्पादनको तयारी गरेको छ ।

सन २०१७ देखि निमार्ण शुरु भएको आयोजनाले २०२० भित्रै काम सम्पन्न गर्ने लक्ष्य लिएको थियो । भुगोलले साथ नदिँदा निर्माण कार्यमा ढिलाई भएको आयोजना कम्पनिले जनाएको छ । आयोजनाको पावर हाउस निर्माण, बाँध, सुरुङ र पेनस्टक पाइप जडान भइरहेको छ ।

टनेल निर्माणलाई अन्तिमरुप दिनुका साथै पावर हाउसमा विधुतीय उपकरण जडानको काम भईरहेकाले समग्रमा ९० प्रतिशत आयोजनाको काम सकिएको आयोजनाका प्रमुख पुष्प चित्रकारले बताए ।

उनले भने – ३८.४६ मेघावाटको अपरकालङ्गामा टनेल फिनिसिङको काम भइरहेको छ । १५.३३ मेघावाटको कालङ्गा जलविधुत् आयोजनाको सबै काम सकिएको छ । अब यही चैतमा परीक्षणको तयारीमा छौँ । सन् २०२० भित्रै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि कोरोना महामारीले पारेको प्रभाव, भौगोलिक विकटता र वनसम्बन्धी कानून र झन्झटिलो प्रशासनिक प्रक्रियाले पनि आयोजना ढिलाई भएको हो । काममा ढिलाई हुँदा लागत पनि बढेको छ ।

सुदुरपश्चिम लगायत देशमा हजारौंको सङ्ख्यामा रोजगारी सिर्जना हुने र निर्माण सम्पन्न भएपछि ३५० भन्दा बढी स्थानीयले रोजगारीको अवसर प्राप्त गर्ने छन् ।

यो आयोजनाले नेपालमा भैरहेको लोडसेटिङको समस्या कम गर्न सहयोग गर्ने अपेक्षा आयोजनाले लिएको छ । यो आयोजना सुदुरपश्चिमको विकासका लागि कोसेढुङ्गा सावित हुने कालङ्गा हाइड्रो प्रालीका संस्थापक वीरेन्द्र मल्लले बताए । यस क्षेत्रमा विभिन्न उद्योगका लागि आवश्यक प्रशस्त कच्चा पदार्थ छन् । विधुत् नहुँदा उद्योग स्थापना गर्न सकिएको छैन ।

यो आयोजना निर्माण सम्पन्न भएसँगै विभिन्न उद्योग स्थापनाका लागि सम्भावना रहेकाले विभिन्न कलकारखाना तथा उद्योगहरू सञ्चालनमा पनि यस आयोजनाले सहयोग पुग्ने छ ।

आयोजना निमार्ण शुरु भएसँगै यस क्षेत्रका युवाले योग्यता र दक्षताअनुसार रोजगार पाइरहेका छन् । हिजोका दिनमा रोजगारका लागि विदेशिने युवा हाल यसै आयोजनामा काम गरी रहेको र यस आयोजनाले बझाङको मुहार फेरिने मल्लले बताए ।

जलविद्युत् आयोजनाका निर्माणका लागि ७५ प्रतिशत बैङ्कको लगानी र १५ प्रतिशत प्रतिष्ठत व्यापारीको लगानी छ । निजि क्षेत्रको लगानीमा निर्माण हुन लागेको यो प्रदेशकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना भएको आयोजनाको दाबी छ ।

प्रक्रियामै समय लाग्ने भएकाले शेयर निष्काशनमा केही ढिलाई हुने जनाइएको छ । देशको राजनैतिक गतिरोध र आफ्नो पुँजिको सुरक्षा नहुने भए पछि निजि क्षेत्र लगानी गर्न मानिरहेका छैन । निजि क्षेत्रको लगानीका विषयमा सरकारले एक पटक सोच्नु जरुरी छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  १० : ०२ बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल