भोल्तेयरको एक प्रेरक प्रसङ्ग ‘प्रमाण पत्र’ « Khabarhub

भोल्तेयरको एक प्रेरक प्रसङ्ग ‘प्रमाण पत्र’


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियताका लागि खरा व्यक्तिका रुपमा दरिए पनि भोल्तेयर सौन्दर्य प्रेमी थिए । उनी व्यङ्ग्यविनोदमा पनि खप्पिस थिए । पादरीहरुले गर्ने घृणित व्यवहार र अहमताको कारण उनी तिनीहरुलाई कहिल्यै पनि सम्मान गर्न चाहँदैनथे ।

८४ वर्षको उमेरमा पुगेपछि र उनी संसारबाट बिदा लिन ओछ्यानमा परेका थिए । त्यही क्रममा उनलाई धर्मोपदेश दिन एक पादरी आए ।

पादरीलाई आफूछेउ देखेर भोल्तेयरले सोधे— तपाईं कहाँबाट आउनुभएको ?

पादरीले आफूलाई धर्मावतारको रुप सम्झेर बडो गर्वसाथ जवाफ दिए— म ईश्वरको दरबारबाट आएको हुँ ।

ए ! त्यसो भए ईश्वरका दरबारबाट आउने मानिससँग त त्यहाँबाट पठाएको प्रमाणपत्र पनि होला ? खोई त्यो निकाल्नुहोस् त हेरौँ ।

भोल्तेयरको प्रश्नको कुनै जवाफ थिएन पादरीसँग ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ५ : ५० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु