विश्वकप छनौट : पोर्चुगल र सर्वियाको बराबरी « Khabarhub

विश्वकप छनौट : पोर्चुगल र सर्वियाको बराबरी


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबलको युरोपियन छनौट अन्तर्गत आइतबार रातिको खेलमा पोर्चुगल र सर्वियाले बराबरी खेलेका छन् ।

घरेलु मैदान वियोग्राडमामा भएको खेलमा सर्वियाले पोर्चुगललाई २-२ गोलको बराबरीमा रोकेको हो ।

डियोग जोटाले ११औँ र ३६औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि त्यसलाई जोगाउन नसक्दा पोर्चुगलले अंक बाढ्न बाध्य भयो ।

२-० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै ४६औँ मिनेटमा एलेक्जेण्डर मित्रोभिक र ६०औँ मिनेटमा निकोला मिलेन्कोभिकले गोल गर्दै सर्वियालाई हारबाट जोगाए ।

बराबरीसँगै समूह ए मा सर्विया शीर्ष स्थानमा कायमै छ । समान ४ अंक भए पनि गोल अन्तरका आधारमा पोर्चुगल दोस्रो स्थानमा छ ।

यसअघि पहिलो खेलमा सर्वियाले आयरल्यान्डलाई ३–२ ले पराजित गर्दा पोर्चुगलले अजरवैजानलाई १–० ले पराजित गरेको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ६ : ५० बजे

गृहमन्त्रीबाट बिदा लिए ओमप्रकाशले 

काठमाडौं– नागरिक सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले १९१ दिने कार्यकाल पूरा

हर्कले पहिलो भेटमा बालेनलाई लगाइदिएका थिए किराती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सिलाम साक्मा

रवि लामिछानेको रिट लगातार ‘हेर्दाहर्दै’मा, आइतबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको

सरकारलाई कांग्रेसको सुझाव : भ्रष्टाचार छानबिनलाई पहिलो प्राथमिकता दिनू

काठमाडौं– नेपाली कांग्रेसले भ्रष्टाचारसम्बन्धी विभिन्न प्रकरणको छानबिनलाई पहिलो प्राथमिकता दिएर

जेन-जीका नाममा जलाइएको गोदावरी हल पुनःनिर्माणमा बल्ल जुट्यो सरकार

काठमाडौं- राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन गर्न सरकारले ४ वर्ष