आज अपराह्नपछि पहाडी भेगका एक दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना   | Khabarhub Khabarhub

आज अपराह्नपछि पहाडी भेगका एक दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना  


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्थानीय र पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

हाल देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ भने अन्य भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज अपराह्नपछि देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित फाट्टफुट्ट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार र मंगलबार पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले बिहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

चैत्र १५ गते (आइतबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । अपराह्न पश्चात देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित फाटफुट/हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित फाटफुट/हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र १६ गते (सोमबार)

दिउँसो : प्रदेश १, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही, बाँकी भू-भागहरुमा आंशिक बदली रहने छ । देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित फाटफुट/हल्का वर्षाको सम्भावना रहेको छ ।

राति :  प्रदेश १ लगायत देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित फाटफुट/हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र १७ गते (मंगलबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित फाटफुट/हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित फाटफुट/हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ७ : ०५ बजे

छोराको निधनपछि गौरवको परिवार सहाराविहीन

सुदूरपश्चिम– विदेश गएर कमाइ गरी परिवारको सहज जीविकोपार्जनमा बुबालाई सहयोग

माधव नेपालको प्रस्ताव- समान बिचार भएका पार्टीबीच एकता गर्न ढिला गर्नुहुँदैन

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारको घोषणा

मौसम सुधार भएपछि सहज बन्दै मनाङको अवस्था

मनाङ– गत सोमबारदेखि परेको हिमपात रोकिएको छ। मौसममा आएको सुधारले

रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

जुम्ला– आन्तरिक तथा बाह्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा रहेको रारा

खाद्य कम्पनीद्वारा कैलालीमा धान खरिद सुरु

अत्तरिया– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले