सेनाले गोली चलाउँदा म्यान्मारमा एकैदिन मारिए ११४ प्रदर्शनकारी | Khabarhub Khabarhub

सेनाले गोली चलाउँदा म्यान्मारमा एकैदिन मारिए ११४ प्रदर्शनकारी


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यान्मारमा सैनिक ‘कु’ विरुद्ध सर्वसाधारणले गरेको प्रदर्शनमा सेनाले गोली चलाउँदा कम्तीमा ११४ प्रदर्शनकारी मारिएका छन् ।

स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै रोयटर्सले जनाए अनुसार मारिने ११४ जनामा १३ वर्षीया किशोरीसहित २०भन्दा बढी बालबालिका छन् ।

सेना प्रमुख मीन ह्यालिङले सशस्त्र फौज दिवसका क्रममा टेलिभिजनमार्फत सम्बोधन गर्दै देशमा निष्पक्ष चुनाव गर्ने प्रतिबद्धता दोहोर्‍याएकै दिन सुरक्षाकर्मीको गोली लागी ११४ सर्वसाधारण मारिएका हुन् ।

पछिल्लो घटनासँगै म्यान्मारमा सेनाले सत्ता हातमा लिएपछि मारिने सर्वसाधारणको संख्या ४०० नाघेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

तस्वीर : रोयटर्स

जुन्ता शासकले राजधानी नेइपिडअमा ७६औँ सशस्त्र फौज दिवस मनाइरहँदा लोकतन्त्र पक्षधरहरूले ‘सैनिक तानाशाहीविरुद्धको दिवस’ भन्दै प्रदर्शन चर्काएका थिए । त्यसक्रममा राजधानी नेइपिडअ, यांगुन र म्यान्डले शहरमा सुरक्षाकर्मीले दमन गरेको हो ।

सेनाले फेब्रुअरी १ मा सत्ता कब्जा गरेपछि लोकतन्त्र पक्षधरहरू आन्दोलित भइरहेका छन् । उनीहरूले देशका प्रमुख शहरहरूमा दैनिक प्रदर्शन चर्काउँदै लगेका छन् ।

सेनाले सत्ता हातमा लिएसँगै लोकतन्त्रवादी नेत्री तथा नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) प्रमुख आङ सान सुचीलाई नियन्त्रणमा राखेको छ ।

नोभेम्बरमा भएको चुनावमा सुचीको दल (एनएलडी) अत्यधिक मतसहित विजयी भएको थियो तर सेनाले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएको छ ।

स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले भने सन् २०२० को नोभेम्बरमा भएको निर्वाचनमा धाँधली नभएको बताउने गरेका छन् । उनीहरूले निर्वाचनका क्रममा कुनै पनि किसिमको अनियमितता भएको सूचना वा प्रमाण नपाएको जनाएका छन् ।

निहत्था नागरिकमाथि सेनाले गरिरहेको दमनको अमेरिका, बेलायत तथा युरोपेली युनियनका अधिकारीहरुले निन्दा गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ७ : ३१ बजे

प्रधानमन्त्रीलाई माओवादीले सोध्योः डेढ महिनासम्म भत्केका कार्यालय र निवासमा सरकार किन पुगेन?

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनको डेढ महिनासम्म पनि नेताको

ड्रोनबाट यस्तो देखियो झिलिमिली काठमाडौं उपत्यका (तस्बिरहरू)

काठमाडौं – हिन्दूहरूको दोश्रो महान पर्व तिहार आए सँगै काठमाडौं

दीपावलीको आतशबाजीपछि नयाँदिल्ली घना र खतरनाक धुवाँले ढाकियो

नयाँदिल्ली- लाखौँ श्रद्धालुले हिन्दू पर्व दीपावली धुमधामका साथ आतशबाजी गरी

जेन-जी र दलहरूलाई एकसाथ बैठक बस्न प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले दलहरूलाई जेन-जीसँगै बैठकमा सहभागी हुन नयाँ

जेनजीसँग छलफल गर्न तयार छौं: पम्फा भुसाल

काठमाडौं – नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले प्रधानमन्त्री सुशिला