अधिकारीहरूले भ्याक्सिन लगाउन अस्वीकार गर्नेलाई कसरी मनाउन सक्छन् ? | Khabarhub Khabarhub

अधिकारीहरूले भ्याक्सिन लगाउन अस्वीकार गर्नेलाई कसरी मनाउन सक्छन् ?



रिपब्लिकनलाई समर्थन गर्ने एक तिहाई समर्थकले यो महीनाको शुरुवातमा गरिएको एक सर्वेक्षणमा कोभिड–१९ भ्याक्सिन लगाउने कुनै योजना नभएको बताएका थिए । अन्य २० प्रतिशतले भ्याक्सिन लगाउने नलगाउनेबारे कुनै योजना नै नबनाएको बताए ।

सार्वजनिक स्वास्थ्य अधिकारीहरूले अल्पसंख्यक समुदायमा भ्याक्सिन पहुँचको विषयमा सन्देश व्यक्त गरेका छन् । सर्वेक्षणका क्रममा आएको प्रतिक्रिया राजनीतिक सम्बन्धबाट भन्दा जातिय सम्बन्धबाट प्रभावित भएको पाइएको छ ।

राजनीतिकरूपमा अमेरिकाका मध्यमार्गीय विचार राख्नेदेखि रुढीवादी विचार राख्नेसम्मका मानिसले भ्याक्सिन प्रयोगमा किन इच्छा देखाएका छैनन् भनेर सर्वेक्षणकर्ता फ्राङ्कले हालै ‘ट्रम्प समर्थक मानिसको एक समूह’ बीच एक कार्यक्रम आयोजना गरे । यस विषयमा वासिङ्टन पोस्टले प्रकाशित गरेको समाचार अचम्म पार्ने किसिमको छ ।

कार्यक्रमको अन्त्यसम्ममा सहभागी सबैले आफूहरूले खोप लगाउने सम्भावना बढी रहेको बताए ।

दुई घण्टासम्म चलेको कार्यक्रमपछि एक सहभागीले दिएको प्रतिक्रियाले कार्यक्रमको चुरो कुरो स्पष्ट पा¥यो । ‘हामी शिक्षित हुन चहान्छौँ, प्रशिक्षित होइन ।’

उनीहरूको मनस्थिति परिवर्तन हुनुमा कुनै राजनीतिक कारण थिएन । एक सहभागीले भने, ‘हामीलाई पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको आह्वानले खोप लगाउन प्रेरित गर्न सक्दैन । न त अन्य रिपब्लिकन नेताको आग्रहले नै प्रेरित गर्न सक्छ ।’

खोपबारे जनचेतना फौलाउन पूर्वराष्ट्रपतिहरू बाराक ओबामा, जर्ज डब्ल्यु बुस, बिल क्लिन्टन र जिमी कार्टरले गरेको आह्वानले पनि खासै कुनै सकारात्मक परिणाम दिइको पाइएन ।

सहभागीहरूले सरकारी अधिकारीहरूको आग्रहले पनि आफूहरूलाई विशेष प्रेरित नगरेको बताए । ‘मर्क’ नामक एक औषधि उत्पादक कम्पनीमा काम गर्ने फार्मेसिस्ट भन्छन्, ‘मलाई के थाहा छ भने यहाँबाट उत्पादित भ्याक्सिन राम्रो गुणस्तरको छ । म यसमा विश्वास गर्छु । हामीलाई आवश्यक पर्दा सही बाटो नदेखाउने सरकारले भनेको कुरामा भने म विश्वास गर्दिनँ ।’ यी फार्मेसिस्टले भ्याक्सिन उत्पादन गर्ने कार्यमा आफ्नो कम्पनीलाई सहयोग गर्दै आएका छन् ।

ट्रम्प समर्थक व्यक्तिहरूको भ्याक्सिनका विषयमा केले धारणा परिवर्तन गरायो ? प्रस्ट रूपमा भन्दा– विज्ञानले ।

अप्रत्याशितरूपमा आएको परिवर्तनको कारक डा. टोम फ्राइडेन हुन् । उनले ओबामा प्रशासनका दौरान रोग नियन्त्रण तथा रोकथाम केन्द्रको नेतृत्व गरेका थिए ।

उनले तथ्यमा रहेर जनतालाई आह्वान गरे । उनले भ्याक्सिनपछिको सिद्धान्त २० वर्षदेखिको अनुसन्धानबाट प्राप्त ज्ञान रहेको उल्लेख गरेका थिए । अनुसन्धानका दौरान दशौँ हजार व्यक्तिहरू परीक्षण सहभागी भएको पनि उनले बताए ।

उनले यी तथ्यको अनिश्चिताको स्वीकारोक्तिमा पनि जोड दिए । यसो भन्दै गर्दा उनले भ्याक्सिनले पार्न सक्ने दीर्घकालीन असरका विषयमा आफू जानकार नभएको बताए । उनले भाइरसले लामो समय पार्न सक्ने असरका विषयमा पनि केही भन्न सक्ने अवस्था नरहेको बताए ।

कार्यक्रमा सहभागी मध्यका एकले भने, ‘उन (डा. टोम फ्राइडेन) ले हामीसँग सबै कुरा साँचो बताउँदै यहाँ शतप्रतिशत भन्ने केही हुँदैन भने ।’

हामीले रोग नियन्त्रण केन्द्र (सीडीसी) बाट सुन्दै आएको कुरा भन्दा यो फरक थियो । सीडीसी पहिला सबै कुरा दाबीका साथ भन्छ, पछि त्यही कुरा गलत सावित हुन्छ ।

उदाहरणका लागि, मार्च १९ सम्म सीडीसीले विद्यार्थीहरूलाई ६ फीटको दूरीमा राख्न सुझाव दिएको थियो । साइन्स ब्रिफ नामक एक एजेन्सीका अनुसार सामाजिक दूरी कायम गर्न सीडीसीले भनेको ६ फीटको दूरी पुराना सरुवा रोगबाट जोगिन मात्रै काम लाग्छ ।

सीडीसीले ६ फीटको दूरी कायम गर्न दिएको सुझाव कुनै कक्षा कोठामा गरिएको अध्ययनविना नै आएको थियो । उसले कक्षा कोठामा आधारित रहेर गरेको अध्ययन भनेको १९८२ मा थियो, जुनबेला प्राथमिक शिक्षालयमा मेनिन्जाइटिस रोग फैलिएको थियो ।

उक्त अध्ययनमा सीडीसीले ३ दशमलव ३३ फीट भन्दा कम दूरीमा कुर्सी राखिएका विद्यालयमा रोग फैलिएको बताएको थियो । त्यो अध्ययनले पनि ६ फीटको दूरी कायम गर्नुपर्ने कुनै सुझाव दिएको थिएन ।

उक्त अध्ययनको निष्कर्षमा विश्व स्वास्थ्य सङ्गठनको सिफारिस र अमेरिकी बाल चिकित्सक एकेडेमीको सुझाव के थियो भने स्कूले विद्यार्थीका लागि कम्तीमा एक मिटरको सामाजिक दूरी आवश्यक रहन्छ ।

त्यसपछि कुनै सरुवा रोग फैलिँदा सीडीसीले स्कूल सञ्चालनका लागि सिफारिस दिएको थिएन । हालै मात्र उसले कक्षाकोठाको बेन्चडेस्क एकअर्काबाट ६ फीटको दूरीमा राख्दै स्कूल सञ्चालन गर्न सिफारिस दिएको हो ।

मानिसहरू अधिकारीहरूले भनेको कुरा पूर्ण स्वीकार गरिहाल्ने पक्षमा छैनन् । उनीहरू स्वास्थ्यका विषयमा पत्यारिलो संस्थाको तथ्याङ्कमा विश्वास गर्न चाहन्छन् । भ्याक्सिन लगाउन हिच्किचाउने रिपब्लिकनहरू र अल्पसङ्ख्यक मानिसहरूमा भएको हिच्किचाहटमा कुनै फरक छैन ।

ब्राउन विश्वविद्यालय अन्तर्गतको सार्वजनिक स्वास्थ्य संकायका डिन डा. आशिष झाले द न्यूर्योक टाइम्सलाई दिएको जानकारी अनुसार ‘६ फीटको दूरीले शिक्षकलाई सुरक्षित त गर्दैन तर बच्चाहरूलाई स्कूलबाहिर भने राख्छ ।’

लाखौँ मान्छेले सीडीसीको सिफारिसलाई आलोचनाविना स्वीकार गर्न सक्छन् भने त्यति नै मात्रामा मानिसले अस्वीकार गर्न पनि सक्छन् ।

उनीहरू विज्ञान विरोधी भएर अस्वीकार गर्ने भने होइन । खासमा उनीहरू विज्ञ र सरकारी अधिकारीहरूले बताएको कुरालाई पूर्ण स्वीकार गरिहाल्ने पक्षमा नभएर हो । उनीहरू आफ्नो स्वास्थ्यका विषयमा पत्यारिलो संस्थाले सार्वजनिक गरेको तथ्याङ्कमा विश्वास गर्न चाहन्छन् ।

त्यसैले भ्याक्सिन लगाउन हिच्किचाउने रिपब्लिकनहरू र अल्पसङ्ख्यक मानिसहरूमा भएको हिच्किचाहटमा कुनै फरक थिएन ।

‘मलाई के लाग्छ भने यो सन्देश विभिन्न जातिका समुदाय, डेमोक्रेटट र रिपब्लिकनहरूले आफ्नै हिसाबमा बुझ्ने छन्,’ वामपन्थी विचार राख्ने नाटाली डेभिसले वासिङ्टन पोस्टलाई भने, ‘मानिसहरू आफूले प्राप्त गर्ने सूचना सही होस् भन्ने चाहन्छन्, जुन सूचनाका माध्यमबाट उनीहरू आफूलाई ठीक लाग्ने काम गर्न सक्छन् ।’

यो विज्ञ समूहमा बस्ने मानिसका लागि सौम्य सन्देश हो । हामीलाई के लाग्छ भने, मानिसहरू शिक्षित हुन जति लालायित छन्, प्रशिक्षित हुन त्यति नै अस्वीकार गर्छन् ।

(डग ब्याजर आन्तरिक नीति अध्ययन केन्द्रका भिजिटिङ फेलो हुन् । एडमन्ड एफ. हाइजरम्यर स्वास्थ्य क्षेत्रका विशेषज्ञ हुन् । २६ मार्च २०२१ मा द हेरिटेज फाउन्डेशनमा प्रकाशित यो लेख खबरहकका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ८ : ०१ बजे

विशेष महाधिवेशन माग्दै कांग्रेसमा ५४ प्रतिशतको हस्ताक्षर, बुधबार कार्यवाहक सभापतिलाई बुझाइने

काठमाडौं- नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन माग गर्दै संकलित हस्ताक्षर बुधबार

कम्बोडियामा ८० जना दक्षिण कोरियाली बेपत्ता

एजेन्सी – नक्कली रोजगारी तथा सम्भावित ठगी प्रकरणका सिकार बनेका

बाढीले झापाको ५१२ हेक्टर कृषिबालीमा क्षति

भद्रपुर– यही असोज १८ देखि २० गतेसम्म भएको लगातारको वर्षापछि

संसद् पुर्नस्थापनाबारे सर्वोच्चमा रिटलगत्तै सभामुखले बोलाए १० दलको बैठक

काठमाडौँ- विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले १० राजनीतिक दलको बैठक

देउवाको गुनासो : घर जलाएर मात्रै पुगेन, हाम्रो प्रतिष्ठा र छवि गिराउन झूटो प्रचार गरियो

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २४ गते