काठमाडौँ उपत्यकाको वायु प्रदूषण कायमै, सोमबार साँझदेखि हट्ने सम्भावना « Khabarhub

काठमाडौँ उपत्यकाको वायु प्रदूषण कायमै, सोमबार साँझदेखि हट्ने सम्भावना


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँसहित देशका विभिन्न ठाउँमा आज वायु प्रदूषणको मात्रा केही घटे पनि खतरा कायमै छ ।

शुक्रबार र शनिबार विश्वकै सबैभन्दा उच्च प्रदूषित शहरको सूचीमा क्रमश पहिलो र दोस्रो स्थानमा रहेको काठमाडौँ आज यो समाचार तयार पार्दासम्म ११औँ स्थानमा झरेको छ ।

वातावरण विभागको प्रदूषण मापक यन्त्रले बिहान साढे ८ बजे गरेको मापनमा आज सबैभन्दा धेरै प्रदूषणा सिमरामा देखिएको छ ।  सिमरामा अहिलेको एक्यूआई (एयर क्वालिटी इन्डेक्स)३६३ मापन गरिएको छ ।

यस्तै काठमाडौँ उपत्यकामा पनि आज वायुको गुणस्तर सूचक ३ सयभन्दा धेरै नै छ । भैँसेपाटी स्टेशनले गरेको मापनअनुसार हावाको गुणस्तर ३३२ एक्यूआई छ ।

२ सयभन्दा धेरैलाई हानिकारक र ३ सयभन्दा धेरैलाई उच्च हानिकारकको रुपमा लिने गरिन्छ ।

शनिबार र आज आइतबार पनि सार्जजनिक बिदाले गाडीको चाप घटेकाले प्रदूषण केही घटेको विभागको ठम्याई छ । तथापि प्रदूषणको घातक स्तर नघटेकाले यही अवस्था कायम रहे सोमबार थप कदम चाल्न सकिने विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले जानकारी दिए ।

सोमबार साँझदेखि प्रदूषण हट्न सक्छ

जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार साँझदेखि काठमाडौँ उपत्यकाको प्रदूषण हट्ने सम्भावना रहेको जनाएको छ ।

मौसमविद् शान्ति कँडेलका अनुसार  सोमबारबाट पश्चिमी मौसमी प्रणाली भित्रिँने र उक्त प्रणाली सक्रिय भएमा प्रदूषण केही कम हुन सक्नेछ ।

प्रदूषण कायमै रहँदा काठमाडौंमा आज बिहान भिजिविलिटी (पारदर्शिता) १ हजार ५०० मिटर मात्र छ । दिउँसो यो अझै तल झर्न सक्ने कँडेलले बताइन् ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ९ : ०५ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा